नागरिक पोष्ट News


गाउँमा अछुत भनेर हेपिएकी बिष्णुमाया अमेरिकामा मेयरकी सल्लाहकार

3K

गोरखा जिल्लाको ताक्लुङ गाविसको एउटा गरिव परिवारमा जन्मिएकी एउटी चेली जीवनमा धेरै आरोह र अवरोह झेल्दै अहिले डा. विष्णुमाया परियार बनेकी छिन् । घरेलु हिंसामा परेका महिलाहरुको अधिकार, दलितहरुको अधिकार र सामाजिक न्याय तथा मानव अधिकारको प्रर्याय बनेकी डा. परियार अमेरिकामा रहेको नेपाली समुदाय मात्र होइन अमेरिकनहरुले समेत चिन्ने नाम हो । उनी हाल जर्सी सिटी मेयरकी सल्लाहकार समेत छिन् ।

न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट वुमन हिस्ट्री मन्थ (मार्च) को अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला कृयाशील पुरस्कार) द्वारा सम्मानित डा. परियारको नेतृत्वमा सन् २०१५ र २०१८ मा अमेरिकामा रहेका नेपालीहरूको लागि जर्सी सिटी काउन्सिलबाट टिपिएस रिजोलुसन पास गराउन सफल भएकी थिइन् । सन् सन् २०१७ को जुन ३० तारिख नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपबाट अमेरिकी भूमि सिटी हलमा पहिलो पटक नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन सम्पन्न गराउन सफल भएकी थिइन् । सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकी शहर हो ।खसोखासबाट

Must View