नागरिक पोष्ट News


मेमोरी किङ’ अर्पण शर्मा, सल्यानको थारमारेमा विद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिन पुग्दा

3.4K

काठमाडौँ, मेमोरि किंग भनेर चिनिएका अर्पण शर्माले सरकारले शिक्षा निति आफ्नो हातमा दिए शिक्षा प्रणालीमा आमुल परिवर्तन ल्याउने बताएका छन् ।

सल्यानको थारमारेमा विद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिन आएका शर्माले पत्रकारसँगको भेटघाटमा यस्तो बताएका हुन् ।

नेपालको शिक्षा निति राम्रो नभएको र विद्यार्थीलाई जबरजस्ती पढाइएको उनको भनाइ छ । नेपालको शिक्षा नितिमा विद्यार्थीहरुलाई पढाइने मात्रै तर ध्यान केन्द्रित नगराइएको बताएका छन् । एक्कोहोरो पढाइले विद्यार्थीहरु थकित हुने भएकाले ध्यान केन्द्रित हुने कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

सरकारको नितिले नेपालको शिक्षा क्षेत्रमा परिवर्तन नहुने भएकाले आफ्नै क्षेत्रबाट शिक्षालाई परिवर्तन गर्न लागेको शर्मा बताउँछन् । नेपालको घोक्ने विद्याले शिक्षामा सुधार नहुने र अर्कोपट्टी घोकेको कुरा भुल्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘परिक्षाको अघिल्लो दिनसम्म विद्यार्थीलाई सुत्न नदिइ घोक्न लगाइन्छ । यस्तो बानीले विद्यार्थीले भोलिपल्ट नै विर्सन्छन् ।’

शिक्षा भनेको सबैलाई सम्मान र चेतनाको विकास गर्ने हुनुपर्छ । यहाँ किसानको छोराछोरी र अपहेलित तल्लो दर्जाका विद्यार्थीलाई अर्कै तरिकाले हेरिन्छ । बच्चादेखि नै सबैलाई सम्मान रुपमा हेर्नुपर्ने बताएका छन् ।

उनले सल्यानमा ३ दिनमा ४ सय भन्दा बढी शिक्षक, विद्यार्थी, बुद्धिजीविहरुलाई प्रशिक्षण दिएका थिए ।

 

Must View