नागरिक पोष्ट News


१० सेकेण्ड पनि पर्खन नसक्ने कस्तो हतार ! दुर्घटना भैसकेपछि ला भनेर पछुताएर के काम

6.1K

काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनामा मासिक सरदर २ जनाको ज्यान जाने तथा ७ जना गम्भीर घाइते हुने गरेका छन्। मृतकमध्ये अधिकांश १७ देखि ३५ वर्ष उमेर समूहका युवा छन्।

आकाशे पुल, ट्राफिक बत्ती र जेब्राक्रसको अभावमा जथाभाबी बाटो काट्न बाध्य पैदलयात्रु धेरै दुर्घटनामा परेका छन्। कतिपय ठाउँमा जेब्राक्रस हुँदाहुँदै जथाभाबी बाटो काट्नेहरू पनि छन्।

नयाँ युवापुस्तालाई समेत ट्राफिक नियम पालना नगरे कारबाहीको भागिदार भइन्छ भन्ने शिक्षा दिइन्छ।

संस्कार भनेको शिक्षा र कानुनी व्यवस्थामा निर्भर रहने हुनाले अब विद्यालय तहको पाठ्यक्रमबाटै ट्राफिक सचेतना शिक्षा आवश्यक भएको देखिन्छ। कारबाहीमा पर्छु भनेर होइन आफ्नै सुरक्षाका लागि पनि सडक नियम पालना गर्नुपर्छ भन्ने संस्कार बसाल्नुपर्छ।

दुर्घटनामा सबभन्दा पीडित हुने पैदल यात्रु हुन्। बाटो काट्नुपर्दा जेब्रा क्रसिङ, सबवे, ओभरहेड ब्रिज वा त्यस्तै बाटो बाट्न निर्धारण गरिएको ठाउँबाट मात्र बाटो काट्नुपर्छ भनेर स्पष्ट लेखिएको छ।।

हामी यति हतारमा हुन्छौं कि एक छिनसम्म पर्खनसमेत फुर्सद हुँदै र हतारमै बाटो काट्छौं। यतिमात्र होइन बाटो काट्नेबेला मोबाइल फोनमा व्यस्त हुन्छौं जसको कारण दायाँ/बायाँबाट आएको सवारी देखिन्न र एक सेकेन्डको असावधनीले भयानक दुर्घटना निम्तिने गर्छ।

Image result for road accident in kathmandu

पैदल यात्रुले ध्यान दिनुपर्ने कुराहरू

  • आफ्नो सुरक्षाका लागि सदैव सचेत एवम् सुरक्षित तवरले सडक प्रयोग गर्नुपर्छ।
  • फुटपाथ प्रयोग गर्ने, फुटपाथबाट ओर्लदासमेत दायाँ/बायाँ हेरेर ओर्लनुपर्छ।
  • फुटपाथ नभएको सडकमा सडकको दायाँतर्फबाट हिँड्नुपर्छ।
  • स-साना केटाकेटीहरू सवारी साधन आउनसक्ने भन्दा अर्कोतिर राख्नुपर्छ।
  • रातको समयमा सदैव टल्कने वा सेतो रंगको कपडा वा जुत्ता लगाउनुपर्छ।
  • बाटो काट्दा जेब्रा क्रस, आकाशे पुल, सववे वा सुरक्षित ठाउँबाट बाटो पार गर्नुपर्छ।
  • सडकको छेउमा पार्क गरिएको वा रोकिएको सवारीको बीचबाट बाटो काट्न हुँदैन।
  • टाढा देखिएको सवारी साधन पनि आफू नजिकै अत्यन्त छिटो आइपुग्नसक्छ भन्ने कुरासमेत विचार गर्नुपर्छ।
  • सडक पार गर्दा दौडनु हुन्न।
  • ट्राफिक लाइट भएको स्थानबाट बाटो काट्ने गर्नुपर्छ। त्यसमा मानिस अंकित हरियो बत्ती बलेपछि मात्र बाटो पार गर्नुपर्छ।
  • सडकका रेलिङ लगाएको ठाउँमा चढेर र डिभाइडर नाँघेर बाटो काट्नु हुन्न।
  • मोडहरूमा कहिल्यै बाटो काट्नु हुन्न।
  • बाटो काट्दा हतारिनु र मोबाइल फोनमा कुरा गर्नु हुन्न।

पछिल्ला ६ वर्षमा सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत पैदल यात्रु रहेको तथ्यांक सार्वजनिक भएको छ। सडक दुर्घटनामा परेका ११ सय १८ जनामध्ये ४ सय ३४ पैदल यात्रु छन्।

Image result for road accident in kathmandu

उपत्यकामा सवारी दुर्घटना र मृत्यु

साल

मृत्यु संख्या

पैदल यात्रु

प्रतिशत

२०६९-७०

१४८

६३

४२

२०७०-७१

१४३

५३

३७

२०७१-७२

१३३

५७

४२

२०७२-७३

१६६

६५

३९

२०७३-७४

१८२

७९

४३

२०७४-७५

१९४

६३

३२

०२०७५-माघ सम्म

१५२

५४

३५

जम्मा

१११८

४३४

३९.

स्रोत ट्राफिक प्रहरी महाशाखा

Must View