नागरिक पोष्ट News


१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसमा समाजका अग्रणी महिलाहरु सम्मानित, शोभालाई नारी-सेवा सम्मान

6.8K

१०९ अन्तर्राष्ट्रिय महिला दिवस २०७५ को अवसरमा काठमाडौंमा एक दर्जनभन्दा बढी महिलाहरु सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालमा भएको कार्यक्रममा ‘द्धन्दपिडीत महिला तथा समाजका अग्रणी महिलाहरुलाई पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडीले सम्मानित गर्नुभएको हो । सम्मानित हुनेमा जनयोद्धा लक्ष्मी दर्जी लगायतका द्धन्दपीडित १० जना महिलाहरु थिए । त्यस्तै, विशिष्ट समाजसेवा, शिक्षा र स्वास्थ्य क्षेत्रका महिलाहरु चार जना महिलाहरु सम्मानित भए । नमुना प्रगतिशिल महिला समाज कंलकी, काठमाडौँले नारी दिवस २०७५ को अवसरमा मिति २०७५ फाल्गुन २४ गते शुक्रबार विशेष कार्यक्रमका बीच सम्मान गरेको हो ।

समाजसेवी शोभा घिमिरे नारी सेवा सम्मान २०७५ बाट सम्मानित 

विगत एक दशकदेखि महिला ससक्तीकरण, उद्यमशलिता, चेतना तथा वालबालिकाहरुको शिक्षा एवं सहयोगमा सहयोगी संस्था नेपालको तर्फबाट समाज र देशका लागि महत्वपूर्ण सहयोग पुर्याएकोमा शोभा घिमिरेलाई नारी सेवा सम्मान २०७५ प्रदान गरिएको आयोजक संस्था नमूना प्रगतीशिल महिला समाजले जनाएको छ ।

डा. मिरा शाह स्वास्थ्य सेवा सम्मानबाट सम्मानित

विगत दुई  दशकदेखि सामाजिक सेवासँगै स्वास्थ्य सेवामार्फत समाज र देशमा महत्वपूर्ण योगदान पु्याएकोमा डा. मिरा शाहलाई स्वास्थ्य सेवा सम्मानबाट सम्मानित गरिएको हो । डा. शाह आहार  तथा पोषणको विज्ञको रुपमा हाल कीर्तिपुर हस्पिटलमा कार्यरत हुनुहुन्छ ।

शिक्षा सेवा सम्मानबाट रीता आचार्य र रिता घिमिरे तिमिल्सिना सम्मानित

समाज रुपान्तरणका लागि शिक्षा महत्वपूर्ण आवश्यक छ । शिक्षा क्षेत्रलाई व्यवसायभन्दा सेवाको रुपमा विगत केही वर्षदेखि कार्य क्षेत्रबनाउदै आउनुभएको दुई अग्रणी महिला रीता आचार्य र रीता घिमिरे तिमिल्सिनालाई नारी दिवसको अवसरमा आयोजक संस्थाले शिक्षा सेवा सम्मानबाट सम्मानित गरेको जनाएको छ । हाल उहाँहरु मिनी प्लानेट मन्टेश्वरी शिक्षा सेवामार्फत सामाजिक रुपमा अगाडी बढिरहनुभएको छ ।

सम्मानित जनयोद्धा द्धन्दपीडित, महिलातथा सामाजिक क्षेत्रका अग्रणी सबैलाई बधाई तथा शुभकामना छ । समाज रुपान्तरण र देश विकासका लागि यस सम्मानले यहाँहरुलाई थप हौसला र प्रेरणा मिलोस्, हाम्रो पनि शुभेच्छा छ ।

‘द्धन्दपिडीत महिला तथा बालबालिकाको व्यवस्थापनमा सरकार र नागरिक समाजको भूमिका’ बिषयक अन्तरक्रिया एवम् सम्मान कार्यक्रममा बोल्दै पूर्वमन्त्री, नेकपाकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य सत्या पहाडीले अन्र्तराष्ट्रिय महिला दिवसलाई  बिभेद र भेदभावरहित दिनको रुपमा मनाउनुपर्नेमा जोड दिईन् ।

पहाडीले सामाजिक अगुवाहरुका बिभिन्न अभियानहरले देशको परिवर्तनमा ठुलो भुमिका रहेको बताउनुभयो । कार्यक्रमा बोल्दै आयोजक संस्थाकी अध्यक्ष कोपिला कुँवरले आफ्नो संस्था द्वन्द्वको क्रममा परेकाहरुको परोपकारमा लागिरहने विश्वास दिलाईन्। कुँवरले आफू र आफ्नो संस्थाको क्रियाशिल सदस्यहरु जनयुद्वका मारमा परेका नागरिकको समस्या समाधानको निमित्त अहोरात्र सक्रिय रहने पनि जनाईन्। प्रभावितहरुलाई स्वास्थ्य, शिक्षा र आवासमा सहयोग पुर्याउन संस्थाले १५ जना बालबालिकाहरुलाई आवासिय सुबिधासहितको व्यवस्था गरिसकेको उनले बताईन्। १५ देखि २० पीडीत परिवारलाई आवासको ब्यवस्थाको लागि संस्थाले आवश्यक पहल गरिरहेको थालेको बताउनुभयो ।

Must View