नागरिक पोष्ट News


कठै बरी लै ! बावु बिते, आमा जेलमा, दाजु मुग्लान कसैले सोध्यो कि,आँशुले मन थाम्नै सक्दैनन् !

2.2K

प्यूठान : झिमरुक गाउँपालिका-१ सौतामारे तल्लोगाउँ प्यूठानका विष्णु थापा र उनकी श्रीमती सीताको बेला बेला झै-झगडा हुने गथ्र्यो ।छिनमै रिसाउने, छिनमै मिल्ने उनीहरुलाई बानी भइसकेको थियो ।गत वर्षको चैत २० गते पनि उनीहरु बीच सधैँ झैँ सामान्य कुरामा झगडा भयो । भनाभन चलिरह्यो । सीताले श्रीमानलाई सम्झाउँदै थिइन् । तर, विष्णुले मानेनन् ।

स्थानीयका अनुसार उनले मदिरा सेवन गरेका थिए । रिसको आवेगमा सीताले छेउमै रहेको हसियाको पछाडिको भागले हान्न खोज्दा दुर्घट नावश् अगाडिको धारिलो भागले लाग्यो । हातमा गहिरो चोट लाग्यो । धेरै रगत बगेपछि विष्णुको उपचार गर्न नपाउँदै घरमै मृत्यु भयो ।श्रीमानको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेपछि ४२ वर्षीया सीता अहिले जिल्ला कारागारमा छिन् ।

एउटै गल्तीले श्रीमान गुमाएकी उनलाई २० वर्ष जेल सजाय तोकिएको छ । बुवा आमाको कारण नावालक छोरा छोरीले भने पीडामा दैनिकी गुजार्नु परेको छ । १५ वर्षीय सुनील थापा र उनकी ८ वर्षीया बहिनी बसन्तालाई आमा बुवाको घटना सोध्यो कि, आँशुले मन थाम्नै सक्दैनन् ।बुवा आमाको झगडा हुँदा सुनील घरमै थिए । पढाइमा अब्बल उनको घटनापछि पढाइ बिग्रँदै जान थालेको छ ।

उनले ७ र बहिनीले ५ कक्षामा पढ्छन् । कान्छी बहिनीको हेरचाह गरेर उनी जसोतसो घरमा बसिरहेका छन् । तर, बुवा, आमाको यादले पोले पछि उनीहरु रातको समय घरमै बस्न सक्दैनन् ।बि हानको खाना घरमै दाजु बहिनी आफैँ पकाएर खान्छन् । रातको खाना खाइसकेपछि सुत्न छिमेकीहरुको घरमा आलोपालो गरेर जान्छन् । ‘ख्यालख्यालमै बुवा बित्नुभयो’

घटना सोध्दा सुनीलले आँशु बगाउँदै भने, ‘आमाले हसियाको बिँडले हान्न खोज्दा धारले लागे छ । अहिले हाम्रो साथमा न बुवा हुनुहुन्छ, न आमा ।’ सुनील कहिलेकाँही जेलमा आमालाई भेट्न सदरमुकाम खलंगा जान्छन् । कारागार भित्र आमालाई देख्दा उनको मन सम्हालिन सक्दैन । छोटो भेटपछि उनी बसमा रुँदै घर फर्कन्छन् ।कलिलो उमेरमै पीडामा जीन्दगी कटाइरहेका यी दाजुबहिनी अहिले बेसहारा नै ब नेका छन् ।

राम्रोसँग पढ्ने, लेख्ने र खुसीसँग हास खेल गर्ने कुरा उनीहरुलाई धेरै टाढाको बनिसक्यो । तीन सन्तान मध्ये जेठो दाइ भारतमा मजदुरी गर्छन् । तर, उनलाई घरको ऋण तिर्नै हम्मे हम्मे छ । बुवा आमाको साथ टुटेपछि बेसहारा दाजु बहिनीले गाउँकै पस लबाट उधारोमा चामल, नुनतेल लिएर खाने गर्छन् ।

वडाध्यक्ष धुर्वराज खनालले चाडपर्वको बेला मिठो, मसिनो खानाका लागि व्यक्तिगत रुपमा चार÷पाँचसय रुपैयाँ पैसा दिने गरेको सुनाउँछन् । सजाय पूरा गरेपछि आमा जेलबाट त छुट्लिन । तर, कलिला दाजुबहिनीलाई विगतको घटनाले सँधै मन पिरोल्ने गरेको छ ।कारागारबाट आमा छुट्ने समय पर्खिरहेका यी दाजुबहिनीलाई दैनिक गुजारा चलाउनै गाह्रो छ ।

Must View