सीके राउत मुलधारको राजनीतिमा: यस्तो छ सरकार र सीके राउत बीचको ११ बुँदे सहमति
सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति सम्पन्न भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र मधेशमा काम गर्दै आएको गठबन्धनका संयोजक सिके राउतबीच आज राजनीतिक आदि विषयमा सहमति भएको हो ।
काठमाडौंको राष्ट्रिय सभागृहमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘राजनीतिक सहमति’ घोषणा कार्यक्रम नाम दिईएको छ । सहमतिअनुसार राउतले मुलुकको अखण्डता स्वीकार गरेका छन् ।
सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ । गठबन्धनले नेपालको संविधान मानी राजनीतिको मूल प्रवाहमा समाहित हुने प्रतिबद्धता व्यक्त गरेको छ ।
तस्विर : मुकुन्द कालिकोटे /ReportersNepal.com
सरकार र सिके राउतका बीच भएका सहमतिका सारभूत बुँदाहरु १. नेपालको स्वाधीनता स्वीकार्ने २. जनमतमा आधारित लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्ने ३. असन्तुष्टि समाधान गर्ने ४. सरकारले सिके राउतको संगठनको मुद्दा फिर्ता लिने ५. सिके राउतको संगठनले निकालेका किताब, गीत तथा अन्य प्रचार सामग्री प्रयोगमा नल्याउने ६. विखण्डनवादी क्रियाकलाप नगर्ने ७. संविधानको भावनाअनुसार राजनीतिक मूलधारमा आउन सक्ने ८. गएको भदौ १५ गते बाँकेमा मारिएका राम मनोहर यादवको परिवारलाई क्षतिपूर्ति र उनका परिवारका सदस्यलाई सरकारले रोजगारीको व्यवस्था गर्ने ९. स्वतन्त्र मधेशको आन्दोलनमा घाइतेहरुको उपचार गर्ने १०. सिके राउतको संगठनका कार्यकर्तामा भएको सिपलाई राष्ट्रको हितका लागि उपयोग गर्ने ११. सहमति आजैबाट लागू हुने