नागरिक पोष्ट News


यी पाँच प्रकारका व्यक्तिसँग साथी बनाउँदा सधैं दुःख मात्र पाइन्छ !

3.1K

 दुनियाँमा फरक फरक किसिमको सोच भएका मानिसहरु बसोबास गर्दछन् । कतिपय साथीहरु निकै फलदायिक र उनीहरुको संगतले जीवन सफल उपलब्धीमुलक हुन्छ । तर गलत साथीको संगतले असफलताको साथमा जीवनमा कनै उपलब्धी नभई जीवन पतित हुन्छ । त्यसकारण हामीले साथीको छनोट जर्दा जहिल्यै पनि असल हो कि होइन भन्ने बारेमा बुझेर मात्र गर्नुपर्दछ । कस्ता साथीको सगंत नगर्ने त?

१. हाकिमझैँ व्यवहार गर्ने । साथी भनेको आफ्नो कुरा मात्र सुनाउने होइन, अरुको कुरा पनि सुन्ने हुनुपर्दछ । यदि साथीले हाकिमको जस्तो लाद्ने आफ्नो कुरा मात्र सुनाउन खोज्छ भने त्यस्ता साथी देखि तपाई टाढा रहनुहोस् ।

२.अपमानित केहि व्यक्तिहरु यस्ता हुन्छन् कि अरुको कुरालाई सुनेर त्यहि कुरालाई अपमानित गरी हाँसीमजाक गर्ने । यदि कुनै साथीले जिस्कने बहानमा तपाईलाई बारम्बार अपमानित गर्न खोज्छ भने यस्ता व्यक्तिको संगत नगर्नुहोस् । किनकि यस्ता व्यक्तिले जीवनलाई पतित बनाइदिन्छन् ।

३.अफ्ठ्यारो धेरैले आफ्नो कामको फाइदा साथीबाट उठाउने गरेका छन् । यदि अफ्ठ्यारोमा साथ नदिने वा अफ्ठ्यारो पर्दा कुनै बाहना तपाईको साथीले बनाउँछ भन्ने त्यस्तो साथीले जीवनमा ठुलो घात गर्न सक्दछन् अतः अफ्ठ्यारोमा साथ नदिने साथीबाट टाढा रहनुहोस् ।

४.स्वार्थी कोहि व्यक्ति आफूलाई आवश्यक पर्दा मात्र सम्झने र काम लिने हुन्छन् । विशेषगरी यस्ता व्यक्तिहरुलाई मिठो बोल्न र चेपारे घस्दै बोल्न आउँछ । यस्ता व्यक्तिहरुले कहिल्यै पनि तपाईलाई साथ नदिने कारणले यस्ता व्यक्तिबाट पनि टाढैँ रहनुहोस् ।

५.डाह गर्ने साथी भनेको एक अर्काको सफतलामा खुसी र साथ दिने हुनुपर्दछ । तर रिस वा डाह गर्ने व्यक्तिले अरुको सफलता देख्न नसक्ने र सफल हुन पनि दिदैनन् । त्यसैले यस्ता साथीको संगत गर्न आजैबाट छोडिदिनु पर्छ । जसको कारण तपाईको समयको पनि बर्बादी हुदैन् ।

Must View