रेशम चौधरीलाई जन्मकैद, को - को परे जन्मकैदमा, को - को छुट्दै
जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो ।
लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।
मधेसी-थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।
ककसलाई भयो जन्मकैद ?
जिल्ला अदालतले चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३०) अनुसार जन्दकैलको सजाय सुनाएको हो । उनीहरु मध्ये श्रवण नावालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११ (३) अनुसार १० वर्ष मात्र कैद हुनेछ ।
लक्षण थारु छुट्दै
जिल्ला अदालतले लक्षण थारुसहित १२ जना प्रतिवादीलाई तीन वर्ष कैद सजाय सुनाएको छ । लक्षणसँगै लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशानलाल चौधरी, दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्कीराम चौधरी र रामप्रसाद चौधरीलाई यो सजाय सुनाइएको हो ।
१२ जना मध्ये ११ जना आजै थुनामुक्त हुनेछन् भने चुन्नीराम ३० गते थुनामुक्त हुनेछन् ।
अर्का प्रतिवादी करन चौधरीलाई ६ महिना कैद सजाय सुनाइएको छ । उनले यो सजाय भुक्तान गरिसकेकाले आजै छुट्ने छन् ।
अदालतले नरुल अलि जाथा भन्ने तहाँवर अली जागा, विसराम चौधरी (कुस्मी) र रामनरेश चौधरीलाई सफाइ दिएको छ ।