रेशम चौधरीलाई जन्म कैदको फैसला: दिल निशानी मगर भन्छन्; थारुको छोरा भनेर हेपियो
2.6K
कैलाली जिल्ला अदालतले टीकापुर घटनाका आरोपी सांसद रेशम चौधरीलाई २० वर्षको कैद फैसला गरेको छ । कैलाली जिल्ला अदालतका वैतानिक वकिल देवराज भट्टले दिएको जानकारी अनुसार चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो ।
न्यायाधीस पर्शुराम भट्टराईको एकल इजलासले उनी विरुद्ध परेको उजुरीमा यस्तो फैसला गरेका हुन् । चौधरी सहित २७ जना अहिले पनि पुर्पुक्षको लागि थुनामा छन् ।
लेखक तथा विश्लेशक दिल निशानी मगरले रेशम चौधरीका मुद्दाको बारेमा अदालतले गरेको जन्म कैदको फैसलालाई कडा आलोचना गरेका छन्।
उनले ट्विट गर्दै भनेका छन्; “रुपमा हेर्दा रेशम चौधरीलाई जन्मकैद गरे ।जस्तो देखिए नि सारमा हेर्दा यो समग्र आदिवासी जनजातीहरुलाई जन्मकैद गरिएको हो। नश्लवादीहरुको विजय हो।”