महाशिवरात्री : जय शम्भो ! पशुपतिमा, नागा बाबा ! बम बम भोले
4.3K
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्वको एउटा विशेषता हो, बाबा साधु ।
शिवरात्रीको तीन/चार दिनअघि नै देशविदेशबाट सन्त बाबाहरु पशुपतिनाथ मन्दिर आइपुग्छन् । पशुपति परिसरमा थरीथरीका बाबाहरु भेटिन्छन् ।
अनुहारमा चन्दन, अबीर लगाउने, खरानी धस्ने, त्रिशुल बोक्ने, गाजा खाने बाबाहरको विशेषता हो । बाबाहरु शिवरात्रीमा गाँजालाई ‘प्रसाद’का रुपमा प्रयोग गर्छन् ।