नागरिक पोष्ट News


डिआइजी डाक्टर आशा सिंह : सधै सहासी हुनुपर्छ हिम्मतका साथ लड्नु पर्छ

4.3K

काठमाडौँ। आफ्नो कर्तव्य र आशाको बिचमा फुलेको एउटा सुकोमल जीवनको पछाडी कसैको आशा भरोसा पक्कै पनि हुन्छ। डिआइजी डाक्टर आशा सिंहको जीवन पनि आफ्नो लगन शीलता कर्मठ हातसंगै घरपरिवारको आशा संगै जोडिएको थियो । तेजिलो दिमाख हुनुभएको डा. आशामाथि परिवार र आफन्तको ठुलै आशा जोडिएको थियो । विद्यालय स्तरमा शैक्षिक क्षमता प्रदर्शन गरेर सफलतको सिढी चढ्दै गर्नुभएको उहाँलाई परिवाले भविश्यमा देशले चिन्ने मानिस बनोस् ।

ख्याती कमाओस भन्ने थियो । सधैै शुभ आर्शिवाद दिने क्रममा पनि भन्ने कुरा यही थियो की भविश्यमा डाक्टर बन्नु । सायद नाम आशा भएर पनि होला अरुको भरोसालाई डगमगाउन नदिएर आफ्नो नामको अगाडी डाक्टर थप्न सफल हुनु भयो । परिवारको प्राय सदस्यहरु डाक्टरी पेसामा नभए पनि बुबा आमाको सपना उनलाई डा. भएको हेर्न चाहने थियो । पढाईमा अब्बल भएकोले पनि आफन्तहरुकोनजरमा थिईन उनी ।

भारतको मधुबन्नीमा जन्मिएको आशालाई भारतको त्यति धेरै यादहरु भने छैनन्। आमा ईण्डियन मुलको भएको कारण पनि उनी भारतमा जन्मिएकी थिईन। परिवारको दोस्रो सन्तानको रुपमा चराचर जगतमा आउनु भएकी उहाँ बच्चा बेला देखी नै शालिन स्वभावको हुनुन्थ्यो । आमाले सधै सहासी हुनुपर्छ हिम्मतका साथ लड्नु पर्छ भनेर सिकाएको कारण पनि आज यो स्थान उभिन सहज भएको बताउँने डा. आशा २०५२ सालमा नेपाल प्रहरीको जागिरमा संलग्न हुनुभएको थियो ।

बच्चाबेला शिक्षक बन्छु भन्ने सोच बनाउनु भएको उहाँ आफ्ना आमाले कान्छो भाई जन्माउने बेलामा अस्पताल जानु भयो। जुन घटनाले उहाँलाई डाक्टर भन्छु भन्ने सोच मनमा पलायो। उहाँ भन्नुहुन्छ, म त्यतिबेला कक्षा ५ मा पढ्थे थापाथलीको प्रसुती गृहमा क्याबिन नम्बर १ मा उहाँलाई राखिएको थियो, बिरामी हेर्दै आउने बेलामा डा. दिब्बेश्वरी मेरो आमा भएको ठाँउमा आईपुग्नु भयो ।

उहाँको व्यवहारले म बच्चा नै भए पनि मनमा यसरी गढ्यो कि म आफु पनि त्यस्तै डाक्टर बन्छु भन्ने सोच पलायो, पछि एमडी गर्ने बेलामा उहाँ संगै गरेको थिए उहाँले भन्नुभयो ।आएस्सी अमृत साईन्स क्याम्पसबाट गर्नु भएको उहाँ, एमबीबीएस पढ्न नयाँ दिल्ली जानुभएको उहाँ डिप्लोमा गर्न पाकिस्तान जानुभएको थियो । नेपालमै एम.डी गर्नुभएको उहाँ पाकिस्तानमा पढ्दा संगै काम गर्दाको डाक्टरलाई पुलिस हस्पिटल भेट्न आउँदा प्रहरीको डाक्टर बन्न पाए हुन्थ्यो भन्ने महसुुस भयो ।

पाकिस्तानबाट नेपाल फर्केपछि टिचिङ हस्पिटलमा कार्यरत हुनुहुन्थ्यो । पुलिस हस्पिटलमा काम गर्ने इच्छा शक्तिको कारण अन्तत २०५२ सालमा नेपाल प्रहरीको ईन्सपेक्टरमा भर्ती हुनुभयो । आफु भर्ती हुदाँखेरीको सम्झनालाई उहाँ लाई पल्टाउदै गर्दा गभिृलो छाती का साथ भन्नुहुन्छ, साच्चै नेपाल प्रहरी अस्पतालले महिला रोगको क्षेत्रमा ठुलो फ्को मारेकै हो । आफु भर्ती हुने बेलामा सम्झदाउहाँ भन्नुहुन्छ, त्यतिबेला मलाई अन्तवार्तको क्रममा सोधिएको थियो, तपाई प्रहरी अस्पतालमा किन आउँन चाहानुहुन्छ ?

उहाँ स्त्री रोगको विभाग नै छैन, म पहिले देखी ने साहसी तरिकाको थिए । मनमा लागेको कुरा भनी हाल्ने मैले प्रति प्रश्न गरे तपाईहरुले नेपाल प्रहरी अस्पताल केका लागि खोल्नु भएको ? प्रहरी प्रहरीको परिवारको लागि होईन ? त्यति बेला ६० हजारको संख्या प्रहरी थियो त्यस मध्ये महिलाको संख्या कम थियो, पुरुष प्रहरी भन्दा ३ गुणाले बढी महिलाको संख्या देखिने भयो, प्रहरीको श्रीमती, आमा र छोरी तपाईहरु डिपाट मेन्ट छैन भन्नुहुन्छ, म खोल्छु भनेर हिम्म देखाए,सायद मेरो कन्फिटेन्टले होला नम्बर १ मा मेरो नाम निस्कियो ।

जागिर त फिक्स थियो, तर डिपार्ट मेन्ट नै थिएन , सायद म आफ्नो कामको लागि कसैलाई केही भनेको छैन होला तर प्रसुतीराेग डिपार्टको लागि सबैतिर धाए, उहाँ भन्नुहुन्छ मलाई तत्कालीन नेपाल पुलिस हस्पिटलका डाइरेक्टर प्रेमलाल श्रेष्ठले धेरै सहयोग गर्नु भयो । अन्तत सो डिपार्ट खुलेर नै छाड्यो । त्यतिखेरको तत्कालिन जोखम थियो पहिलो उहाँ प्रसुती तथा स्त्री रोगको पनि उपचार हुन्छ भन्नु ।

सुरुमा १ जनाबाट सुरु भएको स्त्रीरोग उपचार अहिलो ठुलो टिममा परिर्णत भईसकेको छ । सुरुमा विश्वास दिलाउन नै असहज थियो । उहाँ भन्नुहुन्छ म आफु पहिला देखी नै कुनै बिरामीको अप्रेसन हुनु भन्दा अगाडी आधा द्दण्टा कुरा गर्ने गरेको बताउनु हुन्छ । सुरुमा गाइने रोगको उपचार नहुने अस्पतालमा हाल नेपालभरीका अस्पतालमा हुने गाईने सम्बन्धी रोगको उपचार हुनेगरेको डा. आशा बताउनु हुन्छ ।

सालिन भद्र र मिठास पुर्ण व्यवहारले भरी पूर्ण आशालाई हाल सम्म उपचार पछि भेटेर अंगालो हाल्नेको संख्या धेरै भएको बताउनु हुन्छ । परिवारमा छोरी डा. बनोस् भन्ने कल्पना भएपनि पुलिस भन्दा ए…. पुलिसको डा.बन्ने भनेर प्रतिक्रिया नआएको होईन, तर शिक्षित परिवारको भएको कारण पनि डा.आशाको प्रहरीमा रहेर सेवाग र्ने आशा मर्न पाएन । आफु पुलिसमा भर्ती भएको बेलामा नै द्धन्दकाल सुरु भयो ।

त्यति बेला मनमा कहिलेकाहीँ डर लाग्ने गरेको बताउनुहुन्छ । जागिर सुरु गर्नुभन्दा पहिला नै विवाह गर्नुभएको थियो । १० महिनाको बच्चा छोडेर तालिम लिन गएको कुरा सम्झदा अहिले रमाईलो लागे पनि त्यतिबेला भने पिडा बोध भएको बताउनु हुन्छ। पहिलाको तुलनामा पछिल्लो समय कम भए पनि महिला भएको कारण पनि जर्ज गर्ने गरेको बताउनु हुन्छ । महिलाले गरेको कुरा महिला कुरा भन्ने प्रचलन थियो र पनि आफ्नो कर्तव्यनिष्ठा भएर लागे कसैले केही भन्ने पछि महिलाको पनि क्षमतावान छन् भन्ने भईसक्यो ।

Must View