नागरिक पोष्ट News


२०७५ को महाशिवरात्रीको तयारी पूरा : पशुपति क्षेत्रमा ६ हजार साधुसन्त

2.7K

काठमाडौँ । पशुपतिमा २०७५ को  Falgun २० गते लाग्ने शिवरात्रि मेलाकाे सम्पूर्ण तयारी सकिएकाे छ । साे क्षेत्रमा सुरक्षाका लागि नियम कडाइ गरिएकाे छ । पशुपति क्षेत्रभित्र शिवरात्रिमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेच-बिखन तथा सेवन गर्न निषेध गरिएको छ । महाशिवरात्रीमा पशुपतिनाथको दर्शनार्थीरभक्तजनका लागि मूल मन्दिरका चारै ढोका खोलिनेछ ।पशुपतिको दर्शनका लागि यस वर्ष एकादशीदेखि नै दर्शनार्थीको उपस्थिति बढेको छ । नेपाल र भारतबाट चार हजार साधुसन्त तथा जोगीहरु पशुपति क्षेत्रमा भेला भइसकोका छन् ।शिवरात्रिमा हुने भक्तजनकाे घुइँचाे व्यवस्थापनका लागि चाबहिल मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट दुई लामकाे व्यवस्था गरिएकाे छ । यसैगरी जयबागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो पश्चिम ढोकाबाट एक लाम र बत्तीसपुतली, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन अगाडि हुँदै चारशिवालय पञ्चदेवलकाे दक्षिण ढोकाबाट दुई लाम गरी बाहिरी रुपमा तीन स्थानमा दर्शनार्थीका लागि लाइनकाे व्यवस्था गरिएकाे छ । यसैगरी नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट समेत प्रवेशको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा छ हजार साधुसन्तको आगमन भइसकेको छ। फागुन २० गते महाशिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने लाखौँ भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । यसैगरी नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका पाँच हजार स्वयंसेवक खटाइनेछ ।

भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि मूल मन्दिरको बाहिरपट्टि नै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एम्बुलेन्स सेवासहित ५० स्वास्थ्य संस्थाले शिविर राख्ने तयारी गरेका छन् । पशुपति क्षेत्रको वातावरणलाई स्वच्छ बनाउन एकहप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थानीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् । महाशिवरात्रिका दिन बिहानैदेखि दर्शनार्थीको भीड व्यवस्थापन गर्न पाँच स्थानमा जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको छ । दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । मूल मन्दिरभित्र कोषकै नेतृत्वमा रात्रिकालीन व्यवस्थासहितको जनशक्ति परिचालन गरिने छ । हंसमण्डप, वनकालीको खुला स्थान, तिलगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकी १०० संस्थालाई निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था मिलाइएको छ । साधुसन्तलाई निःशुल्क आवास, भोजन, चिया, पानी र चिसोबाट बच्न धुनी बाल्ने व्यवस्था गरिएको छ ।

Must View