मौसम स्थिर छैन, देशभर मौसम बदली रहने र हल्का हिमपातको सम्भावना छ
काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार बिहानैदेखि मौसममा सुधार आएको छ । तर यो मौसम स्थिर भने नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं । शनिबार (भोली) बाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ ।
देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनः दोहोरिने मौसमविद्हरुले जनाएका छन् । राति देशको पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै भोलि शनिबार देशको पश्चिमी र मध्य भागमा सामान्य बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति देशभर सामान्यतया मौसम बदली रहने छ । पश्चिमी नेपालका केही स्थानहरुमा र अन्य भूभागहरुका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च हिमाली भूभागहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।