नागरिक पोष्ट News


सडक मगन्तेको कर्तुत : लागुऔषध दुर्व्यसनदेखि अपराधमा समेत संलग्न

2.2K

काठमाडौं का मन्दिर तथा सडकपेटीमा अझै पनि मगन्तेको भिड लाग्ने गरेको देखिन्छ । सडकमा बस्ने मगन्ते लागुऔषध दुव्र्यसनीदेखि अपराधमा समेत संलग्न रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौं र बालबालिका खो जतलास समन्वय केन्द्रको संयुक्त पहलमा प्रहरीले मगन्ते पक्राउ अभियान सुरु गरेको हो ।

पहिलो चरणमा न्युरोड, वसन्तपुर, घन्टाघरस्थित जामे मस्जिदलगायतका ठाउँबाट १६ भन्दा धेरै मगन्तेलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने अधिकांश बालबालिका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरेलले मगन्ते निषेधित क्षेत्र निर्माण अभियानअन्तर्गत उनीहरू पक्राउ परेको बताए ।‘भिख माग्न संविधानले नै रोक लगाएको छ ।तर,काठमाडौंका मन्दिर तथा सडकपेटीमा अझै पनि मगन्तेको भिड लाग्ने गरेको देखिन्छ ।यसबाट पैदलयात्री आजित हुनुका साथै सहरको सभ्यतासमेत बिगारेको छ।’ प्रह रीका अनुसार काठमाडौंमा मात्रै चार सयभन्दा धेरै मगन्ते छन् ।

त्यसमध्ये अधिकांश महिला तथा बालबालिका छन् । प्रहरीका अनुसार उनी अधिकांश भारतीय मूलका नागरिक रहेको काठमाडौं परिसरका डिएसपी पोखरेलले बताए । ‘काठमाडौंमा मात्रै चार सयको हाराहारीमा मगन्ते रहेको आकलन छ । उनीहरू अधिकांश भार तबाट आएको देखिन्छ । त्यसमा पनि धेरै बालबालिका र महिला छन्,’ उनले भने ।प्रहरीका अनुसार काठमाडौंमा संगठित रूपमै भिख माग्ने पेसा अँगाल्ने गरेकोे पाइएको छ । विशेष गरी भातरीय मूलका नागरिक यस कार्यमा संलग्न छन् । यो पेसामा अधिकांश बालबालिका र महिला प्रयोग भएका छन् । प्रहरीका अनुसार उनीहरू भारतमै जम्मा हुन्छन् र समूह बनाउँछन् ।

आवश्यक तालिम पनि लिन्छन् । विभिन्न नाका हुँदै नेपालका सहर प्रवेश गर्छन् । समूहको नाइके अवरणमा देखिँदैन । तर, कसलाई कुन गौँडामा माग्न लगाउने योजना उसैले बनाउँछ । सोही योजनाअनुसार उसले बालबालिकाको स–सानो युनिट बनाउँछ । र, स डकमा परिचालन गर्छ । प्रत्येक युनिटको निगरानी गर्ने र जम्मा भएको रकम संकलन गर्ने जिम्मा सम्बन्धित बालबालिकाका आमालाई दिइन्छ । साँझ परेपछि प्रत्येक सबै युनिटलाई एकै ठाउँ जम्मा गरिन्छ । र, दिनभर संकलन गरिएको रकम गणना गरिन्छ । बाल बालिका खोजतलास तथा समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालका अनुसार सडकमा खटिएको एउटा युनिटले मात्रै कम्तीमा पाँच हजार रुपैयाँ दैनिक संकलन गर्छ ।

‘यो पेसामा सन्तान धेरै हुने र रुग्ण शरीर हुनेको महत्व धेरै हुन्छ । सडकपेटीमा युनिट–युनिटका दरले उनीहरू माग्न बस्छन् । एउटा युनिटमा कम्तीमा पाँचजना बालबालिका सहभागी हुन्छन् । एउटाले कम्तीमा पनि दैनिक आठ सयदेखि एक हजार रुपैयाँ संकल न गर्छ । यही दरमा पाँचजनाबाट एकै दिनमा पाँच हजार रुपैयाँ जम्मा हुन्छ ।

यसबाट पैदलयात्री आजित हुनुका साथै सहरको सभ्यतासमेत बिगारेको छ ।’प्रहरीले काठमाडौंका सडकमा रात बिताउने बेवारिसे अवस्थाका सडक बालबालिकालाई नियन्त्रणमा लिन थालेको छ । सहरको सभ्यतामै नकारात्मक असर पर्ने देखिएपछि प्रहरीले सडकका बेवारिसे बालबालिकालाई नियन्त्रण गर्न सुरु गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दुईपटकमा ५८ भन्दा धेरै सडक बालबालिका नियन्त्रण गरिसकिएको छ । नियन्त्रणमा लिइएकामध्ये अधिकांश लागुऔषधको कुलतमा फसेका छन् । विशेष गरी उनीहरू अवैध लागुऔषध डेन्ड्राइटका सेवनकर्ता हुन् । केही भने चोरी तथा पाकेटमारीमा पनि संलग्न रहेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले लागुऔषध दुव्र्यसनीदेखि अपराधमा समेत संलग्न रहेको पाइएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको बताए । ‘सडकमा बेवारिसे अवस्थाका सडक बालबालिका सभ्य सहरको चुनौती देखिए । लागुऔषधका दुव्र्यसनीदेखि चोरी तथा डकैतमा समेत उनीहरू संलग्न रहेको पाइयो,’ उनले भने, ‘पर्यटकलाई अनावश्यक दुःख दिने गरेको पाइयो । यसले सहरको सभ्यतालाई नै बिगार्न सक्ने देखियो । त्यसो हुँदा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।’प्रहरीका अनुसार निन्त्रणमा लिइएकामध्ये अधिकांश बालक र केही बालिका छन् । उनीहरूलाई ठमेल र पशुपति क्षत्रेबाट नियन्त्रणमा लिइएको हो ।

त्यसमध्ये अधिकांशको ठेगाना खुल्न सकेको छैन । केहीको जिल्ला र गाउँसम्म पत्ता लागे पनि अभिभावक खुल्न सकेको छैन । ‘नियन्त्रणमा लिइएकामध्ये कसैको पनि ठेगाना खुलेको छैन । उनीहरू सबैलाई ठमेल र पशुपति क्षेत्रबाट नियन्त्रणमा लिइएको हो,’ उनले भने ।नियन्त्रणमा लिइएका बालबालिकालाई प्रहरीले जोरपाटीस्थित सोभर रिकभरी सेन्टरमा लगेर पुनस्र्थापना गरेको छ । प्रहरी र बालबालिका खोजतलास समन्वय केन्द्रको सहकार्यमा गरिएको यस अभियानअन्तर्गत अन्य क्षेत्रका सडक बालबालिकालाई पनि नियन्त्रण गरिने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका बालबालिकामध्ये कोही दीर्घरोगी छन् ।

Must View