नागरिक पोष्ट News


भरत मोहन अधिकारीको स्वास्थ्य अवस्था क्रिटिकल, कृतिम श्वास दिएर मात्र बचाइराखिएको छ

1.6K

काठमाडौं । ह्याम्स अस्पतालले पूर्व अर्थमन्त्री भरत मोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै क्रिटिकल रहेको बताएको छ । शनिबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले उनको स्वास्थ्य अवस्था एकदमै क्रिटिकल रहेको भन्दै शरीरका कुनैपनि अंगहरुले काम नगरेको समेत जानकारी दिएका छन् । 

अस्पताल प्रशासनले उनलाई बचाउन सक्ने अवस्था नरहेको समेत जानकारी दिएको छ । उनलाई कृतिम श्वासप्रश्वास दिएर बचाईएको ह्याम्सले जनाएको छ । अस्पताल स्रोतका अनुसार भारतबाट उनकी छोरी आउँदै गरेकोले भारत मोहनलाई कृतिम श्वास दिएको स्पष्ट पारेको छ । 

Must View