नागरिक पोष्ट News


पशुपति आर्यघाटमा ५ जनाको दाहसंस्कार,रवीन्द्रको पोखरा रामघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि

2.7K

मन्त्री अधिकारीको रामघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ। सो अवसरका नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो। 

हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा श्रीमती र छोराहरुले दागवत्ती दिएका छन् ।  उनको राजकीय सम्मानका साथ गृहनगर पोखरामा अन्त्येष्टि गरिएको हो । पोखराको रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । 

पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सयौं सर्वसाधारण सहभागी भएका थिए ।

हेलिकप्टर दुर्घटनामा दिवंगत भएका सात जनामध्ये ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ । पाथीभरा मन्दिर दर्शन गरेर काठमाडौं फर्कनेक्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा बुधवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएका उनीहरुको आज एकै समयमा दाहसंस्कार गरिएको हो । 

पशुपतिमा नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको दाहसंस्कार गरिएको हो ।  

Must View