नागरिक पोष्ट News


दुर्गा बञ्जाडे जुम्लाको पहिलो महिला सिडिओ

4.3K

जुम्लाको इतिहासमै पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रुपमा दुर्गा बञ्जाडेले जिम्मेवारी सम्हालेकी छिन्। उनले बिहान १० बजे जहाजबाट पुग्ने वित्तिकै कार्यभार समालेकी हुन। २०२४ सालदेखि हालसम्म ४० वटा सिडिओ परिवर्तन भइसकेका छन्। 

पहिलो पटक महिला सिडिओ पाउँदा स्थानीय निकै खुसी छन्। उनीहरुले कानुन कार्यान्वयनको अवस्था बलियो हुँदै जानुका साथै यहाँका हरेक क्रियाकलापमा इमान्दारिता र पारदर्शिताको संस्कृतिको विकास हुँदै जाने अपेक्षा गरेका छन्। सिडिओ बञ्जाडे जुम्लाको हरेक सकारात्मक अभियानमा सबै एक साथ भएर लाग्ने बातावरण सिर्जना गर्ने बताउँछिन्। उनले भनिन्, ‘म जुम्लाको सिडियो भएर आएकी छुँ, आफूले जानेको, भोगेको र अनुभव गरेको सबै बिवेक प्रयोग गरेर अघि बढ्छु। बलबुतोले भ्याएसम्म, ऐननियमले निर्दिष्ट गरे सम्मको अधिकार प्रयोग गरेर भएपनि राम्रो काम गर्छु। सेवा प्रवाहमा पारदर्शिता र गुणस्तरीयता कायम गराउनमा पहल थाल्ने छुँ।

जुम्लाको शान्ति सुरक्षा र बिकास निर्माणमा भएका सकारात्मक कामलाई उजागर गर्दै नकारात्मक पक्षलाई लेखनशैलीका माध्यमवाट खबरदारी गर्न आग्रह गरिन्। सिडिओ बञ्जाडेले बिपद् शान्ति सुरक्षा जस्ता कठिन मोेडमा पनि हातेमालो गर्दै अघि बढ्ने बताउँदै चाहना भन्दा पनि आवश्यकतालाई मध्यनजर गर्दै काम गर्नुपर्नेमा जोड दिइन्।

उनले कर्णालीमा काम गर्ने अबसरका लागि सरकारसंग पटक पटक  माग गरेको बताउँदै  कर्णालीको जुम्ला नै रोजाईमा परेको सुनाइन्। कानुनी शासन कार्यान्वयन गर्न र सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य हासिल गर्नको लागि सबैको साथ लिएर अघि बढ्ने प्रतिबद्धता सुनाइन्।

Must View