नागरिक पोष्ट News


मौसम स्थिर छैन, शनिबार देशभर मौसम बदली रहने र हल्का हिमपातको सम्भावना र

3K

काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार बिहानैदेखि मौसममा सुधार आएको छ । तर यो मौसम स्थिर भने नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार शुक्रबार अधिकांश भागमा मौसम सफा रहने छ । महाशाखाले दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

 शुक्रबार राति देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 शनिबार भने वर्षा हुने प्रक्षेपण महाशाखाले गरेको छ । शनिबार दिउँसो देशको पश्चिमी र मध्य भागहरुमा सामान्य बदलि र पूर्वी नेपालमा आंशिक बदली रहनेछ । पश्चिमी नेपाल र अन्य पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ । देशका पश्चिमी उच्च हिमाली भूभागहरूमा हल्कादेखि मध्यम र अन्य उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 राति देशभर सामान्यतया मौसम बदली रहने छ । पश्चिमी नेपालका केही स्थानहरुमा र अन्य भूभागहरुका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च हिमाली भूभागहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आइतबार पनि वर्षा हुने भएको छ । दिउँसो देशको पश्चिमी भूभागमा सामान्य बदली रही देशका मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदलि रहनेछ । पश्चिमी नेपालका केहि स्थानहरूमा र देशका मध्य र पूर्वी भूभागका एक–दुई स्थानहरूमा हल्का बर्षाको सम्भावना छ। 

पहाडी भूभागहरुना मेघ गर्जनको पनि संभावना रहेको छ । देशका उच्च हिमाली भूभागहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

 राति देशभर सामान्यतया मौसम बदलि रहनेछ । पश्चिमी नेपालका एक दुई स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।

Must View