काठमाडौको वरिपरि डाँडामा सेताम्मे हिउ ढाकेको दृश्य २०७५ (फोटोफिचर)
3.3K
काठमाडौं । लगातारको वर्षाले राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि, चम्पादेवी, फुलचोकी, लेले, चापागाँउ, गोदावरी, लुभु, लामाटार भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।
शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहिबार काठमाडौँको न्यूनतम ८ र अधिकतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ । शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीय भने बिहानै हिउँमा रमाएका छन् ।