नागरिक पोष्ट News


कर्णाली चन्दननाथ मन्दिरको ज्वाला निभ्यो, अनिष्ट हुनसक्ने खतरा, गौरीनन्द आचार्य

3.7K

कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरको ज्वाला निभेको छ। भारी हिमपातसँगै उल्टो हावा चलेपछि एक्कासी ज्वाला निभेको चन्दननाथ भैरबनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले जानकारी दिए। उनका अनुसार मन्दिरमा बालिएको ज्वाला निभेमा अनिष्ट हुने मान्यता छ।

'उल्टो हावा लाग्यो, भुमरीमा हिउँ परेको थियो। ज्वाला निभेपछि मात्रै थाहा भयो।',आचार्यले भने।  पुजारीले पूजा गर्ने समय र हिमपात र हावा एक्कैसाथ लागेपछि ज्वाला निभेको आचार्यले बताए। उनका अनुसार ज्वाला ल्याउन दैलेख जिल्लाको शिरस्थानमा जानुपर्छ। 

यसअघि २०७० सालमा चन्दननाथ मन्दिरमा मूर्ती चोरी भएपछि ज्वाला निभेको थियो। त्यतिबेला एकजना बाबाले दैलेख हुँदै ज्वाला ल्याएका थिए। त्यो ज्वाला अहिलेसम्म बलेको थियो, एक्कासी निभ्यो, आचार्यले भने,“यो शुभ संकेत होईन्, यो वर्ष देशमा कुनै न कुनै प्रकारको संकट निम्तिने खतरा बढ्यो।” एक्कासी ज्वाला निभेपछि स्थानीय चिन्तित छन्।

Must View