तीन महिने सुत्केरीलाई बोक्सी भन्दै निर्मम कुटपिट गरेपछि (भिडियो सहित)
दोलखा घर भई हाल काठमाडौँको भीमसेनथान बस्दै आएकी रस्मी उपरकोटीमाथि बोक्सीको आरोपमा एक माताद्धारा कुटपिट भएको थियो ।
माता कविता श्रेष्ठले आइतबार राती ९ बजे देखि १२ बजेसम्म पन्यौँ तताएर डाम्दै पिटेको पीडित रश्मी उपरकोटीले जानकारी दिएकी छिन् । तीन महिनाकी सुत्केरी रश्मीमाथि निर्मम कुटपिट हुँदा पनि अरु १२ जना जसले उनलाई माताको मा लगेका थिए उनीहरुले पनि टुलुटुटु हेरी बसे भन्दै उनी भक्कानिइन् ।
रश्मी प्रहरी परिसर हनुमानढोका न्यायको लागी आएकी थिइन् जहाँ हामीले उनलाई भेटेर कुराकानी गरेका थियौँ । ति पीडित दिदिलाइ देखेर एकछिन त आफूलाई समाल्नै गाह्रो भयो, दिदीको जिउ भरी निलै डाम, र अनुहारभरि निलो डाम पुरै डामिएको , ३ महिनाको सुत्केरी महिला सानो नानू लिएर प्रहरी परिसरको क्यान्टिनमा रुदै थिइन । तर उनलाई निर्मम कुटपिट गर्ने माता भने फरार भएको खबर हामीले पायौँ ।