भर्खरै काभ्रे केन्द्रविन्दु बनाएर भुइचालो गयो
2.5K
काभ्रेमा भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेलाई केन्द्रविन्दु बनाएर ३.५ रेक्टर स्केलको परकम्प गएको हो । 2075 १५ फागुन बुधबार साँझ ७ बजेर ३० मिनेटमा काभ्रेमा परकम्प गएको केन्द्रले जनाएको छ ।
यस अघि मंगलबार दोलखा र सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको थियो । मंगलबार दोलखामा दिउँसो सवा ४ बजे ४ दशमलब ४ रेक्टर स्केलको र सिन्धुपाल्चोकमा ४. १ रेक्टरको भूकम्पको धक्का महसुस गरिएको थियो ।