आखिर खराब मौसम हुदाहुदै किन उडाइयो हेलिकोप्टर ?
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाको खराब मौसमका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् ।
उड्न सक्दैन भनेको केही क्षणमा दूर्घटनाको खबर आयो : नागरिक उड्ययन प्राधिकरणकाठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दूर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनप्रति योगेशले भट्टराईले गम्भीर आशंका व्यक्त गरेका छन् । बुधबार भएको दूर्घटनाप्रति आफ्नो आधिकारिक फेसबुक एकाउन्ट यो दूर्घटना प्रति गम्भीर आशंका व्यक्त गरेका हुन् ।
उनले भनेका छन् 'भीआइपी उडानमा पाइलट सहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो रु समयले उत्तर माग्छ ।'
पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित एयर डायनेस्टिक हेलिकोप्टरमा सवार ७ जनाको मृत्यु भएको छ। ताप्लेजुङ जाने क्रममा पर्यटनमन्त्री अधिकारी सवार एयर डायनेस्टिक हेलिकोप्टर दूर्घटना भएको हो ।
हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित आङछिरिङ शेर्पा अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी रहेका थिए ।
क्याप्टेन केसीको अन्तिम वाक्य, ‘म हेलिकप्टर उडाउन सक्दिन’दुर्घटनाग्रस्त हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीले हिउँ परिरहेका कारण हेलिकप्टर उडाउन नसक्ने बताएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरमा ११ः४३ बजे आफूले पाथीभर क्षेत्रमा रहेको जानकारी गराएका थिए । त्यसको करिब १ घण्टामा क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा अत्याधिक हिउँ परिरहेको र उडानमा निकै कठिनाइ हुने बताएका थिए । प्रवक्ता तिवारीले सुकेटार टावरको भनाइ उद्धुत गर्दै भने, ‘यता मौसम खराब छ ।
हिउँ परिरहेको छ । म हेलिकप्टर उडान सक्दिन ।’ उनको यही वाक्य अन्तिम वाक्य हुन पुग्यो । बुधवार संस्कृतिक, पर्यटन तथा नागरिक अड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको थियो ।