भोलि सार्वजनिक विदा, राष्ट्रिय शोक दिवसको रुपमा झण्डा आधा झुकाउने
2.6K
काठमाडौं । सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दूर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा बिहीबार राष्ट्रिय शोक दिवसको रुपमा मनाउने र निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए । सरकारले अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय समेत गरेको छ ।
सरकारले बिहीबार सबै सरकारी निकाय कूटनीतिक नियोग र शैक्षिक संस्था आदिमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको मन्त्री थापाले जानकारी दिए ।