नागरिक पोष्ट News


भारतबाट भन्सार छली गरी ल्याएको अबैध समान बरामद

1.8K
  • आलोक यादव सिरहा, 

प्रहरी टाेलिले सिरहा नगरपलिका वडा नम्बर -२२ बाट भारतबाट भन्सार छली गरी ल्याएको ५९ हजार ५ सय ७० रुपैया बराबरको अबैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको नायव उपरीक्षक माधव राज खरेलको टोलीले भारतको जयनगरबाट भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अन्डर वेयर १२० पिस, सुति साडी ७० पिस, ब्लाउज ८० पिस, सर्ट पाईन्टको कपडा ७ पिस, गम्छा ४८ पिस, गन्जी ४० पिस लगायतको कपडाका समानहरु बरामद गरेको हो । बरामद गरिएको समान आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय माडरगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपि जीवन श्रेष्ठले जानकारी दिए ।

Must View