नागरिक पोष्ट News


दाङ घोराहीको चर्चित धार्मिकस्थल पाण्डवेश्वर धाममा विश्वकै अग्लो त्रिशूल

3.3K

घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर धाम दाङको निकै चर्चित धार्मिकस्थल हो । उक्त स्थानमा विश्वकै अग्लो त्रिशूल निर्माण गरेपछि पछिल्लो समय यसको अवलोकन गर्नेको भीड यहाँ लाग्ने गरेको छ । उक्त त्रिशूल हेर्न जिल्ला र अन्य छमेकी जिल्ला मात्र नभई नेपाल तथा भारतका तीर्थयात्रु यहाँ आउने गर्छन् । विभिन्न स्थानबाट पाण्डवेश्र मन्दिर हँुदै स्वर्गद्वारी पुग्नेको भीड पनि उस्तै देखिन्छ ।

समितिका अनुसार त्रिशूल हेर्नकै लागि सरदर दैनिक एक हजार आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्छन् । शिवरात्रिको दिन विशेष मेला लाग्ने पाण्डवेश्वर धाममा हिजोआज दर्शकको बाक्लै उपस्थिति देखिन्छ । मन्दिर नजिक ठूलो त्रिशूल बनेपछि पर्यटकको सङ्ख्या ह्वात्तै बढेको अध्यक्ष अधिकारीले बताउनुभयो । पूजा गर्नेभन्दा पनि त्रिशूल नजिक फोटो खिच्ने र रमाउनेको सङ्ख्या धेरै छ । पञ्च धातुबाट निर्मित -विश्वकै अग्लो मानिएको त्रिशूल पञ्चधातुले निर्माण गरिएको छ । त्रिशूलको उचाइ ५५ दशमलव ५ मिटर अग्लो छ भने गोलाइ ४४४ इञ्च छ । त्रिशूल तीन भागमा विभाजित छ । त्रिशूलको बाहिरी भाग तामा, भित्र भाग फलाम, टाउकाको तीन वटा चुच्चो पित्तल र त्रिशूलमा राखिएको बञ्चरो काँसको छ भने थोरै मात्रामा चाँदी पनि मिसाइएको छ ।

सात हजार ७१८ किलो फलाम, २२६ दशमलव ३६ किलो तामा, १० किलो कांस र २५५ किलो पित्तल मिसाइएको छ । मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यका अनुसार त्रिशूलको जग निर्माणका लागि मात्रै पाँच हजार २५० किलो फलाम प्रयोग भएको छ । उक्त त्रिशूल २०७१ फागुनमा बुटवलको एक फलाम उद्योगबाट बनाएर दाङ ल्याइएको थियो ।

Must View