नागरिक पोष्ट News


भारत र पाकिस्तान युद्ध शुरु, पाकिस्तानी सीमाभित्र भारतले ठूलो बम खसाल्यो

2.1K

(एजेन्सी) । भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिए । उनले पाकिस्तानी सैनिक विमानले तत्काल उक्त क्षेत्रमा उडान भर्नासाथ भारतीय सैनिक विमान फर्किएको पनि बताए ।

उनले ट्वीट गर्दै भने, भारतीय सैनिक विमानले भाग्नेक्रममा हतारमा बालाकोट नजिक केही बम खसालेको भेटिएको छ तर यसबाट धनजनको क्षति भएको छैन ।

भारत र पाकिस्तानबीच हालैका दिनमा बढिरहेको विवादका बीच मङ्गलबार यो घटना भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । यही फेब्रुअरीको १४ तारिखमा भारत प्रशासित काश्मिरमा भएको आत्मघाती हमलामा कम्तीमा ४० जना सशस्त्र प्रहरीको ज्यान गएपछि यी दुई देशबीच तनाव उत्पन्न भएको छ ।

सो आक्रमणमा भारतले पाकिस्तानी पक्षको हात रहेको बताएको छ तर पाकिस्तानले भने त्यो आरोपको खण्डन गर्दै आएको छ ।

भारत सरकारले यसअघि नै भारतीय सुरक्षाफौजमाथि आत्मघाती आक्रमण गर्नेमाथि फौजी कारबाही गर्न भारतीय सेनालाई पूर्णअख्तियारी दिइसकेको छ ।

काश्मिरमा सङ्घर्सरत मौलाना अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद समूहले आत्मघाती आक्रमणको जिम्मेवारी लिएको छ । मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तान विरुद्ध अन्तरराष्ट्रिय कुटनीतिक दबाब सिर्जना गरिरहेको छ । पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानको संप्रुभताको उल्लंघन गरेको प्रतिक्रिया दिएका छन् । उनले भारतीय आक्रमणको पाकिस्तानले जवाफ दिने चेतावनी दिएका छन् ।

Must View