एक वर्षमा गृहमन्त्री थापाले के गरे ? महत्वपूर्ण १० उपलब्धि (पूर्णपाठ)
काठमाडौं । रामबहादुर थापा (बादल)ले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको एक बर्ष पुरा भएको अवसरमा गृहमन्त्री थापाले १ बर्षमा गरेका महत्वपूर्ण कामको विवरण सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारको गृहप्रशासन विभिन्न काममा चुकेको आरोप लागिरहेका बेला गृहमन्त्री थापाले २४ पेज लामो कार्य प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
उक्त विवरणमा गृहमन्त्रीको मन्तव्यदेखि गृह प्रशासनक सञ्चालनको एक वर्षमा हासिल भएका मुख्य १० उपलब्धिहरु बुँदागत रुपमा समावेश गरिएको छ ।
कार्य प्रगती विवरणमा ‘अवैध सुन तस्करी र संगठित अपराधको सञ्जाल नियन्त्रणमा सफलता प्राप्त भएको छ । सुन तस्करीमा संलग्न ७५ जना प्रतिवादीमध्ये ४६ जना पक्राउ परेको, ३१ जना फरार रहेको र ३४ जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको छ। ३६ जना अभियुक्तहरुको चल÷अचल सम्पत्ति रोक्का गरिएको उल्लेख छ ।’ हेर्नुहोस् गृहमन्त्री थापाको कार्य प्रगती विवरण