रोजगार खुल्यो अवसर एक सय जनालाई (विज्ञापनसहित)
काठमाडौं । कृषि तथा वनविज्ञान विश्वविद्यालयले अधिकृतदेखि सहायक तहका विभिन्न पदमा आवश्यक १ सय कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालय सेवा आयोगको कार्यालयले रिक्त पदहरुको स्थायी पूर्तिका लागि आइतबार खुला विज्ञापन प्रशासित गरेर दरखास्त आह्वान गरेको हो। सार्वजनिक सूचनाकाअनुसार कृषि अधिकृतदेखि असिस्टेन्टसम्मका पदमा आवेदन आह्वान गरिएको छ ।
विश्वविद्यालयले ल्याब असिस्टेन्ट पदमा सबैभन्दा बढी १८ कर्मचारी माग गरेको छ । त्यस्तै, १७ असिस्टेन्ट, १६ ल्याब टेक्निसियन र ११ हेड असिस्टेन्टमा पनि आवेदन आह्वान गरिएको छ । आयोगले अनलाइनबाटै फर्म भर्न सक्ने व्यवस्था मिलाएको छ ।
आयोगका अनुसार, आयोगको अनलाइन पोर्टलमा गएर ०७५ फागुन १२ देखि चैत १७ गतेसम्म आवेदन दिन सकिने छ । यो अवधिका छुटेका उम्मेदवारहरुले दोब्बर दस्तुर तिरेर चैत २४ गतेसम्म आवेदन दिन सक्ने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।