नागरिक पोष्ट News


१४ सेकेण्डमा १ सय मिटर दौडेर यि बालकले बनाए विश्वकिर्तीन (भिडियो)

2.5K

एजेन्सी । प्रतिभा भन्ने कुरालाई उमेर र समयले छेक्दैन भन्ने कुराको उदाहरण बनेका छन् एक ७ वर्षका बालक । अमेरिकाको फ्लोरिडाका जम्मा ७ वर्षका रुडोल्फ इन्ग्रामले १३ दशमलब ४८ सेकेण्डमा १ सय मिटर दौड पूरा गरी अहिलेसम्मका सबै किर्तीमानहरुलाई उछिन्दै आफ्नो नाम लेखाउन सफल भएका हुन् । ज्वाला अर्थात् ब्लेज उपनामले चर्चित ती बालकको बिजुलीसरी तीव्र गतिको दौडको भिडियोले अमेरिकामा मात्रै नभएर अहिले विश्वभर चर्चा पाइरहेको छ ।

ती बच्चाका बाबुको इन्स्टाग्राम अकाउन्टमा अपलोड भएको भिडियोमा उनले १ सय मिटरको दौड १३।४८ सेकेण्डमा दौड पूरा गरेको भिडियो सार्वजनिक भएसँगै अहिले उनी विश्वचर्चित बनेका छन् । यतिबेला उनीहरुका बाबुछोरालाई नै अन्तरवार्ता दिन भ्याई नभ्याई बनिरहेको छ ।

यसअघि उनी आफैले १३।६७ सेकेण्डमा दौड पूरा गरेपनि यसपटक भने त्यो भन्दा पनि कम समयमा नयाँ रेकर्ड बनाएको भिडियोमा देख्न सकिन्छ । तेज गतिमा दौडिन सक्ने यि जम्मा ७ वर्षका रुडोल्फले अहिलेसम्म २० वटा स्वर्ण पदक सहित ३६ पदक आफ्नो कब्जामा पारिसकेको अन्तरािष्ट्रय समाचार संस्थाहरुले जनाएका छन् ।

 

Must View