नागरिक पोष्ट News


राजेश हमाल : वास्तवित जीवनमा चाहिँ कति रोमान्टिक होलान् ? थाहा छ

3.3K

विवाहको ५ वर्षपछि महानायक हमालले आफ्नी पत्नी मधुसहित टेलिभिजनमा पहिलो अन्तरवार्ता दिए । हिमालय टेलिभिजनमा आइतबार आउने कार्यक्रम जीवनसाथीको पहिलो एपिसोडमा उनीहरु प्रस्तुत भएका थिए । उक्त कार्यक्रममा हमालको प्रस्तुति हेर्दा लाग्यो कि उनको दाम्पत्य जीवनमा रोमान्टिक होइन, बोरिङ रहेछन् ।

हिलोपटक आफूहरुको बैवाहिक सम्वन्धबारे खुलेको यो जोडीको फरक-फरक स्वाभाव देखियो । हमाल स्वयम्ले आफू ‘विवाह र घर व्यवहार गर्ने खालको व्यक्ति नभएको’ बताए । मधु भने समझदार लागिन् । पहिलोपटक टेलिभिजनमा यसरी आफ्नो दाम्पत्य सम्वन्धबारे खुलेकी उनले राजेशलाई आफ्नो आदर्श बताइन् । तर, उनका केही स्वभावप्रति गुनासो पनि गरिन् ।

Must View