फेरि मौसम बिग्रियो आज रातिदेखि बुधबारसम्म देशभर पानी पर्नेछ
2K
काठमाडौं । बिभिन्न जिल्लामा आजबाट बिहीबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना रहेको मौसमविदको भनाइ छ ।
पश्चिममा गएरातिदेखि नै बदली सुरु भएको छ । यो क्रमशः पूर्वतिर सर्दै जाने र बुधबार दिनभरी देशभर पानी पर्ने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।
तीन दिनसम्म पश्चिम, मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसमी बुलेटिनमा उल्लेख छ । उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।बिहीबारदेखि मात्रै पश्चिमी भूभागबाट क्रमशः मौसम सफा हुँदै जाने छ ।