नागरिक पोष्ट News


प्रधानमन्त्री ओलीको ६८ औं जन्म दिन, यस्तो छ संक्षिप्त जीवनी -१४ वर्ष जेल जीवन

2.4K

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको ६८ औं जन्म दिन 2075 Falgun 11 शनिबार  परेको छ । उनका शुभचिन्तकहरुले उनलाई सामाजिक सञ्जाल, फोन तथा भेटेर शुभकामना दिइरहेका छन् । पिता मोहनप्रसाद ओली, माता मधु ओली को सन्तानको रुपमा वि.स. २००८साल फागुन ११ गते तेह्रथुममा जन्मिएका खड्गप्रसाद ओली (केपी शर्मा ओली) अघिल्लो वर्षको (२०७४ फागुन ३) ओली मुुलुकको ४१ औं प्रधानमन्त्री बनेका हुन् ।आफ्नो जीवनका कठिन राजनीतिक आरोह अवरोह पार गर्दै मुलुकको ४१ औं प्रधानमन्त्री बन्नेका खड्गप्रसाद ओली राजनीतिमा ‘केपी शर्मा ओली’ले परिचित छन् । उनी खरो स्वभाव र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् ।

ओली दुईपटक प्रधानमन्त्री बनेका हुन् । यसअघि २०७२ साल असोज २४ गते ओली पहिलोपटक मुलुकको ३८ औं प्रधानमन्त्री बनेका थिए । ६७ बर्षीय ओलीका एक श्रीमती राधिका शाक्य छन् भने उनीहरुका सन्तान छैनन् ।शरणामती– ६, झापामाबाट राजनी तिक सुरु गरेका ओलीको हालको बसोबास सूर्यविनायक नगरपालिका, भक्तपुरमा रहेको छ । यद्यपी प्रधानमन्त्री भएपछि भने उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आएका छन् ।मन्त्रिपरिषद् सदस्य :२०७४ फागुन ३ गते मुलुकको ४१ औं प्रधानमन्त्री , २०७२ असोज २४ गते ३८ औं प्रधानमन्त्री, २०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्री, २०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री

राजनीतिक यात्रा:– आवद्ध राजनीतिक दल नेकपाको एक वर्षदेखि अध्यक्ष । नेकपा एमाले अध्यक्ष, (२०७१ असार १९÷२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशन), –प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–५ (२०७४)संविधानसभा सदस्य– झापा क्षेत्र नम्बर– ७, (२० ७०), एमाले संसदीय दलको नेता चयन । संविधानसभा सदस्यमा पराजित– झापा नम्बर– ७, (२०६४)प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६ र २ (२०५६), नेकपा (एमाले) दलको उपनेता चयन । प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६ (२०५१) । प्रतिनि धिसभा सदस्य– झापा क्षेत्र नम्बर–६ (२०४८)विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको

जिम्मेवारी बहन– २०२५ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीको नेतृत्व– २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त । २०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकोे उप–सचिवको जिम्मेवारी बहन– २० २९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन– २०४४ पुस २ गतेबाट धादिङमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी– २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन । २०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष ।

२०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य ।पक्राउ र जेल जीवन:– २०२७ र २०३० का बीचमा पटक पटक गरी १० पटक बढी गिरफ्तारी । २०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ । पहिलोपटक रौतहटको गौर जेलमा २ दिन मात्र ।– त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान । २०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान ।३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान– २०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा र, त्यसपछि गोलघर बाहिर। २० ३३ साउनमा नख्खु जेल चलान

– २०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै । २०३६ जेठमा गोलघर बाहिर । २०३७ चैतमा पुनः नख्खु जेल चलान– २०३९ माघ ३ मा पोखरा जेल चलान । २०४२ कात्तिकमा स्याङ्जा जेल चलान । २०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान । ०४३ माघ १२ मा भद्रगोल जेल चलान– २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा । अन्तिमपटक तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दी ।– पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन

Must View