नागरिक पोष्ट News


उदारणिय पात्र मेजर, तलवको रकम सामाजिक कार्यमा खर्च

2.7K

 गुल्मीमा रहेको बिरभद्रजंग गुल्मका गुल्मपती सेनानी जनमत कार्कीले गुल्मीमा रहुन्जेल बिभिन्न सामाजिक काममा आफ्नो तलव बापतको रकम खर्चि एका छन् ।गुल्मी जिल्लामा रहुन्जेल ठूला खेलकुद र अन्य संघसंस्थाहरुलाई आर्थिक सहयोग गरेर सामाजिक कार्यमा उदारणिय काम गरेर बिदाइ भएका छन् ।गुल्मीबाट सरुवा भएका कार्कीलाई जिल्लाबाट बिभिन्न संघ संस्थाले गरेको बिदाई कार्यक्रममा मेजर कार्की को बिभिन्न व्यक्तित्वले प्रशंसा गरेका छन् ।

गत वर्ष २०७४ माघ मा गुल्मीमा बिरभद्रजंग गुल्मीको प्रमुखमा आएका कार्कीले गुल्मीको एक वर्षे बसाइँमा सामाजिक क्षेत्रमा उदारणिय काम गरेका छन् । जिल्ला बसाइँमा घोषण गरेरै आफ्नो तलव बापतको रकम सामाजिक कार्यमा लागनी अठोट लिएका सेनानी कार्कीले गुल्मी जिल्लाकोएक वर्षे बसाइँमा खेलकुद र अन्य सामाजिक क्षेत्रमा आफनो तलव खर्चिएका छन् ।गुल्मी आएको केहि महिनामै मेजर काकीले घोषण गरेका थिए जिल्लामा रहुन्जेल आफ्नो तलवबाट आएको रकम पुरै सामाजिक कार्यमा खर्चिने गरे । उनले घोषणा गरेको त्यो बाचालाई सत्यतामा साबित गरेका छन् ।

प्रत्येक महिनामा एउटा ठाउँमा सामाजिक क्षेत्रमा काम गर्ने अठोट लिएका मेजर काकीले गुल्मी रहन्जुले पुरै काम सामाजिक क्षेत्रमा लगानी गरेका छन् ।नेपाली सेना र नागरिकसँग आत्मीएता कायम गर्नुका साथै सेनाले पनि सामाजिक कार्य गर्दछन् भन्ने सन्देश दिन सेनानी कार्कीले गुल्मीमा खेल क्षेत्रमा ठूलो योदना पेस गरेका छन् । बिशेष गरि खेल क्षेत्रमा रुची र दखल राख्ने मेजय कार्कीले गुल्मी रहुन्जेल आदा दर्जन खेल आफनै लगानीमा सञ्चालन गरेका छन् । आफ्ना स्वर्गीय पिताको स्मृतिमा डम्मर स्मृति ब्याटमिन्टन खेल आयोजना गरे ।

खेलको लागि मेजर कार्कीले सम्पूर्ण खर्च आफुले नै खर्चिएका थिए । जिल्ला स्तरिय बिरभद्र फोटिन स्टार फुटवल प्रतियोगिता आयोजना गरेका कार्कीले खेल सम्पन्न गर्न पनि आर्थिक सहयोग गरेका थिए । ठूला खालका आयोजना बाहेक उनले बिभिन्न चरणमा बिद्या लयहरुमा पनि खेलकुद आयोजना गरेका थिए ।गुल्मी जिल्लाबाट भबिश्यमा राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका खेलाडी जन्माउनु पर्छ भन्ने सोचले आफुले बिभिन्न खेलकुद आयोजना गरेको मेजर कार्कीले बताए ।उनले यो जिल्लामा खेलकुद क्षेत्रमा धेरै सभ्वानाका खेलाडी हरु रहेकाले तिनिहरुको प्रतिभा बाहिर ल्याउनको निम्ति खेल क्षेत्रलाई बिशेष चासो दिएको बताए ।

खेल खेल्नु स्वास्थ्यको निम्ती र राष्ट्रको निम्ती पनि फाइदा रहेकाले मुख्य गरि खेल खेल्नु पर्छ भन्ने भावनाको बिकास गर्नु मुख्य उदेश्य रहेको कार्कीले बताए । उनले गुल्मी जिल्ला बसाइँमा खेलक्षेत्रमा ठूलो लगानी छोडेको मेजर कार्कीले बताए ।गुल्मी जिल्लाको १ वर्षे बसाइँमा खेल खेल्नु पर्छ भन्ने भावना जगाएको छु मेजर कार्कीले भने, ‘यसको प्ररिणामाको निम्ति यसलाई निरन्तरता दिनुपर्छ ।’ यस बाहेक मेजर कार्कीले जिल्लाका १२ वटै स्थानिय तहमा खेलकुद सामाग्री हस्तातरण गरेका थिए ।उनले गुल्मी एउटा बिद्या लयमा शैक्षिक सामाग्रीसँगै निशुल्क स्वास्थ्य शिबिर समेत चलाएका थिए ।

रुरु गाउँपालिका वडा नम्बर ५ स्थित श्री हरिस्मृति प्राबि बम्घा सौरीमा रहेको बिद्यालयमा गुल्मीमा रहेको बिरभद्रजंग गुल्मका गुल्मपती सेनानी कार्कीले शैक्षिक सामाग्रीहरु र स्वास्थ्य शिबिर समेत चलाएका थिए ।सेनानी कार्कीले बिद्यालयलाई खेलकुद सामाग्री र शैक्षि क सामाग्रीहरुसँगै बिद्यालयमै रहेका बिद्यार्थीको स्वास्थ्य परिक्षणका लागि बिशेषज्ञ डाक्टर सहित औषधी समेत प्रदान गरेका थिए । एउटा ब्यक्तिले खेल क्षेत्रमा यति ठूलो कार्याक्रम आयोजना हुनुले यसले गुल्मी जिल्लाको निम्ति ठूलो योगदान रहेको जिल्ला खेलकुद बिकास समिति गुल्मीका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

यसबाहेक मेजर कार्कीले जिल्लाका बिभिन्न आदा दर्जन संघसंस्थामा बिभिन्न खालका सहयोग गरेका थिए ।उनले खेल खेल्नु स्वास्थ्य र देशको लागि फाइदा जनक रहेकाले खेल आयोजना गरेर खेल्नु पर्छ भन्ने भावना जगाउनु गुल्मी वासीको निम्ति निकै प्रशंसनिय रहेको बताए । यसले गुल्मी जिल्लामा खेल क्षेत्रमा खेल खेल्नु पर्छ, खेल आयोजना गर्नु पर्छ भन्ने भावनाको बिकास मेजर कार्कीबाट भएको अध्यक्ष भण्डारीले बताए ।

-  SIDHAONLINEKHABAR

Must View