नागरिक पोष्ट News


ड्राइभरलाई बास्मती चामलको खाना र लोकल भाले, कमिसन ३ सय देखि एक हजारसम्म

3.2K

काठमाडौँबाट बाहिर वा बाहिरबाट काठमाडौँ, बसमा यात्रा गर्दा बीच बाटोमा खाना त खाने गर्नु भएको होला नै । तर विचार गर्नुहोस्, यसरी होटलहरुमा खाइने खाना अस्वस्थ हुने गरेको पाइएको छ । विशेष गरी मलेखु, मु ग्लिन, सिम्ले लगायतका ठाउँहरुमा बासी खाना बेचिने गरेको पाइएको छ ।

ग्राहकलाइ बासी खाना खुवाएपनि ड्राइभरलाइ भने भर्खरै पकाएको बासमती चामलको भात, लोकल कुखुराको मासु लगायतका खानेकुरा खुवाउने गरीएको त्यहाँकै कर्मचारीले बताए ।

मिठो खाना खुवाउने मात्र होइन, यहाँका होटलहरुले बसका स्टाफहरुलाई कमिसन समेत बाढ्ने गरेका छन् कति ग्राहकले खाना खाए भन्ने हेरेर पैसा बसका चालक र सहचालकलाइ दिने गरेको पाइएको छ ।

कुन होटल अगाडी लगेर गाडी रोक्ने भन्ने सबै ड्राइभरकै हातमा छ । कमिसन नदिइ हुँदैन । हेरेर दिने गरेका छौं । एक पटकमा ३ सय देखि एक हजारसम्म

- Nepaldailypost

Must View