नागरिक पोष्ट News


अरुणचलमा बलात्कारीलाई प्रहरी चौकीबाट थुतेर कुटिकुटी मारियो!

2K

काठमाडौं। नेपालमा बलात्कारीहरु पक्राउ पर्ने र छुट्ने घटना सामान्य जस्तै बन्दै गएका छन् । बलात्कार जस्तो जघन्य अपराधमा पनि पीडकलाई प्रहरीले संरक्षण दिने र मिलापत्र हुने गरेका समाचारहरु हालैमात्र सार्वजनिक भए । यसबाट स्थानीयबासी र पीडित पक्षलाई आक्रोशित बनाउने गरेको छ । यस्तै आक्रोशबाट अर्को जघन्न अपराधको घटना भारतमा भएको छ । 

भारत, अरुणाचल प्रदेशको तेजु शहरमा बलात्कार आरोपमा पक्राउ परेका दुई जनालाई स्थानीयबासीले प्रहरी नियन्त्रणबाट लिएर कुटिकुटी मारेका छन् । मृत्यु हुनेहरुमा ३० वर्षका सञ्जय सोबोरे र २५ वर्षीय जगदीश लोहर रहेका छन् । मृतकमध्ये एक जनालाई पाँच वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेको थियो भने अर्का एकजनालाई बलात्कारीलाई सघाएको आरोप लागेको थियो । अरुणाचल प्रदेशको प्रहरीले यस घटनाको पुष्टि गरेको छ । प्रहरीका डीआईजी (पूर्वी रेञ्ज) अपुर बिटिनले मिडियासँग कुराकानी गर्दै भने, ‘सोमबार १२ बजे आसपास करिब एक हजारको भीडले प्रहरी चौकीमा हमला गरेर दुवै आरोपीलाई कुटेर मारेका थिए । घटनामा केही प्रहरी पनि घाइते भएका छन् ।’ प्राप्त जानकारीअनुसार १२ फेब्रुअरी 2018 मा एक बच्चाको अपहरण भएको थियो भने पाँच दिनपछि चिया बगानमा उनको शव भेटिएको थियो । शव टाउको काटिएको अवस्थामा र नग्न थियो । एक अभियुक्तले प्रहरी समक्ष बालिकाको अपहरणपछि बलात्कार गरेको स्वीकारेका थिए ।

सन २०१५ मा पनि नागाल्याण्डको दीमापुर शहरमा बलात्कार आरोपमा केन्द्रीय जेलमा रहेकालाई पिटीपिटी मारेर शव शहरको विचमा लगेर राखिदिएका थिए ।

-उज्यालोनेपालबाट

Must View