नागरिक पोष्ट News


अस्ट्रेलियामा नेपाली नर्सहरुलाई ज्यान मार्ने धम्की,पीडित भन्छिन्ः प्लिज हाम्रो सेक्युरिटी गर

1.9K

काठमान्डौ , अस्ट्रेलियाकाे दर्ता खारेज भएर डिप्लोमा नर्सिङ कोर्स बन्द भएको एआइबिटीको पीडा पोख्ने विद्यार्थीलाई कन्सल्टेन्सी सञ्चालकहरूले ज्यान मार्ने धम्की दिएका छन् । मिडियालाई भनेको र धेरैको ‘ब्रेनवास’ गरेको भन्दै आफू र आफ्नो परिवारलाई यस्तो धम्की आएको पीडित विद्यार्थीले बताएकी छिन् । ‘कन्सल्टेन्सीहरूले नेपालबाट फल्स इन्फर्मेसन दिएर यहाँसम्म लिएर आइपुग्नुभयो । हामीले एआइबिटीको वेबसाइटमा हेर्दा पनि त्यहाँ पहिले अर्कै इन्फर्मेसन थियो । अहिले अर्कै इन्फर्मेसन छ । अस्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रममा ती विद्यार्थीले यस्तो बताएकी हुन् ।

हामी सबै जना भएर नेपाली मिडियासम्म यो कुरा पु¥यायौँ रवि लामिछानेजीको सिधा कुरा जनतासँगमा । मलाई धेरै नै पर्सनल थ्रेटहरू आइरहेको छ । यो मैले एक्लैले बोलेको छै न ।मेरो भोइस भनेको पन्ध्र सय बढी विद्यार्थीहरूको भोइस हो । त्यही भएर मेरो घरमा हिजो एक्सपर्ट कन्सल्टेन्सीले फोन गर्नुभएको रै’छ । हुन त उहाँहरू हाम्रै फ्यामिली मेम्बरको कोही आफन्त हुनुहुँदो रहेछ । घरमा फोन गरेर तपाईंको छोरीले यस्तो गर्याे। त पाईंको छोरीलाई यस्तो गर्दिन्छु उस्तो गर्दिन्छु भन्नुभयो । मलाई यस्तो थ्रेट आउँदा मलाईभन्दा मेरो बाबाआमालाई समस्या हुन्छ ।

मेरो कारणले मेरो बाबाआमालाई केही होस् भन्न म चाहन्नँ ।मलाई मात्रै होइन, यहाँ भएका धेरै विद्यार्थीहरूलाई पर्सनल थ्रेट आउन थालेको कारणले प्लिज हाम्रो सेक्युरिटीको लागि म हजुर हरूलाई धेरै अनुरोध गर्छु ।’अस्ट्रेलियाबाट सञ्चालित साउथ एसिया डटकम डट एयु समाचार पोर्टलका अनुसार एआइबिटी कुनै कलेज नभएर व्यवसायिक कोर्सहरू पढाउने निजी इन्टिच्युट हो । तर, नेपालका एक्सपर्ट, मर्सि, अल्फाबिटा लगायतका कन्सल्टेन्सी हरूले भने कलेज भन्दै विद्यार्थीहरूलाई लगेको विद्यार्थीहरूले गुनासो गरेका छन् । तीन बषे डिप्लोमा नर्सिङ कोर्स कुनै विश्वविद्यालयको नभएको पाइएको छ ।

हालसालै सिधाकुरा जनतासँग भिडियो कुराकानीमा आएका उनी हरुले कलेजले तीन बर्से कोर्स दुई वर्षमै पुरा हुने र एक वर्षको क्रेडिट पनि पाउने भन्ने आश्वासन पाएको बताएका थिए ।कुनै विश्वविद्यालयको सम्बन्धन नभएर नेपालमा छोटकरी सिपमूलक लालिम दि ने जस्तै इन्टिच्यूट मात्रै भएको खुलासा भएको छ । नेपालको सिटिभइभिटी कोर्स जस्तै अस्टे«लियाको भिइटी अथर्ता भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ कोर्स हुन्छन् । यस्तैगरि, विदेशी विद्यार्थीहरूको अध्ययनको लागी सिआरआइसिओएस अर्थात् ‘कमनवेल्थ रेजिस्टर अफ इन्टिच्युसन एन्ड कोर्सेस फर इन्टरनेसनल स्टुडेन्ट’ को पनि सम्बन्धन पाउनुपर्छ ।

Must View