नागरिक पोष्ट News


सेनानी सुलोचनाले पूरा गरिन् सेनाको ‘कमान्ड एन्ड स्टाफ कोर्स’

3.3K

नेपाली सेनाकी सेनानी सुलोचना पौडेल ‘कमान्ड एन्ड स्टाफ कोर्स’ पूरा गरेकी छन् ।आर्मी कमान्ड एन्ड स्टाफ कलेजले सञ्चालन गरेको कोर्षको २५औँ शृंखला उनले बिहीबार पूरा गरेकी हुन् । पौडेल २०६१ मा नेपा ली सेनाको सहायक पदमा भर्ना भएकी थिइन् ।‘कमान्ड एन्ड स्टाफ कोर्स’ पूरा गर्ने उनी पहिलो महिला सैनिक बनेकी छन् । ‘कमान्ड एन्ड स्टाफ कोर्स’ पूरा गरेसँगै भविष्यमा सुलोचना पौडेल सेनाको सर्वोच्च पद ‘प्रधानसेनापति’ महिला बन्न सक्ने सम्भावना बढेको छ ।

यसअघि कुनै महिला सैनिकले न सो कोर्स पूरा गरेका थिएनन् । पौडेल नेपाली सेनाको महिला भर्तीमा पहिलो ब्याच हुन् ।सैनिक जीवनमा स्टाफ कलेज भनेको युद्धकला पनि मानिन्छ ।स्टाफ कलेज पास गर्ने व्यक्ति सेनाको नीतिनिर्माणका लागि योग्य ठानिन्छन्। य सले भविष्यका अन्य तालिमका लागि पनि ठूलो ढोका खोलेको मानिन्छ । खासगरी कमान्डर बन्न स्टाफ कलेज पास गर्नैपर्छ । यसपछि कम्पनी कमान्ड, ब्रिगेड कमान्ड हुँदै पूरै संगठनको कमान्डका लागि पनि यस्तो व्यक्ति योग्य हुने विश्वभरको सैन्य संगठनको निय म छ ।

सेनाको ‘कमान्ड एन्ड स्टाफ कोर्स’ पूरा गर्नेलाई बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापा र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले प्रमाणपत्र प्रदान गरे ।नेपाली सेनामा पहिलोपटक कमान्ड एन्ड स्टाफ कोर्स पूरा गर्ने महिला पाएकामा संगठन खुसी रहेको प्रधानसेनापति थापाको भनाइ थियो । पौडेलले कमान्ड एन्ड स्टाफ कोर्स पृथक अनुभव भएको बताउँदै पेसागत ज्ञानले आगामी दिनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

Must View