अब सुनचाँदी किन्दा पनि स्रोत खुलाउनुपर्ने ! पसलहरुले ‘नो योर कस्टमर’ KYC फारम भर्नुपर्ने
2.2K
काठमाडाैं । अब सुनचाँदी र बहुमूल्य धातुको कारोबारलाई पनि सरकारले निगरानी गर्ने भएको छ । १० लाखभन्दा बढीको बहमूल्य धातुको कारोबारमा सरकारले व्यवसायीलाई ग्राहकको विस्तृत अभिलेख राख्ने व्यवस्थाका लागि तयारी थालि एको हो ।सम्पत्ति शुद्धीकरण ऐनको व्यवस्था अनुरुप आन्तरिक राजश्व विभागले सुनचाँदी व्यवसायलाई आफ्ना ग्राहककको अभिलेख राख्न र त्यसको सूचना राष्ट्र बैंकलाई उपलब्ध गराउनुपर्ने गरी निर्देशन जारी गर्न लागेको छ ।यो निर्देशन जारी भएपछि १० लाखभन्दा बढीको सुनचाँदी र बहुमूल्य धातुको कारोबार गर्दा ग्राहकलाई पसलहरुले ‘नो योर कस्टमर’ -केवाईसी) फारम भर्नुपर्ने छ । ’नयाँ गर्न लागिएको व्यवस्थाअनुसार अब सुन किन्दा ग्राहकले आफ्नो आथिर्क स्रोत खुला उनुपर्छ । यदि कुनै शंकास्पद कारोबार भएमा सुन पसलहरुले त्यसको जानकारी सरकारलाई दिनेछन् ।