नागरिक पोष्ट News


घमण्ड छैन पलमा :अनमोल-प्रदिपको फिल्ममा भिलेन बन्न तयार

2K

नेपाली सिनेमा क्षेत्रमा यतिबेला चर्चामा रहेका लोकप्रिय नायक हुन पल शाह । उनले आज सफलता पाएका छन् त्यो सफलता उनले कम दुख गरेर पाएका होईनन् । म्युजिक भिडियो एडिटर बन्नु भन्दा अगाडी निकै सघंर्ष गरेका उनले ठुलो पर्दामा आउञ्जेलसम्म कम दुख गरेका छैनन् । आज उनी सिनेमा क्षेत्रका महंगो पारिश्रृमिक लिने नायकहरुको सूचिमा पर्छन् । उनले जति पनि पाएका छन् त्यो सिनेमा क्षेत्रबाट नै पाएका छन् त्यसैले पनि उनलाई यो इन्डष्ट्रीको निकै माया छ । सोही कारण सिनेमा क्षेत्रको बिकास र समृद्धीका लागि आफु अनमोल केसी र प्रदिप खडकासंग फिल्म खेल्न तयार रहेको बताएका छन् ।

हुन त उनले यसअघि पनि यस्तो बताईसकेका छन् तर हिजो उनको जन्मदिनको अवसरमा विर विक्रम २ ले आयोजना गरेको सेलिब्रेसन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सिनेमा क्षेत्रको बिकासका लागि आफु अनमोल र प्रदिपको फिल्म भिलेन बन्न पनि तयार रहेको बताए । आफु सानो रोलका लागि पनि तयार रहेको बताउँदै उनको भनाई छ । उता निर्देशक मिलन चाम्सले पनि को सेटमा नै पलले आफूलाई अनमोल र प्रदीपसँग एउटै फिल्ममा खेल्ने इच्छा सुनाएका रहेछन् । चाम्सले भने “पलले त बरु म भिलेन र कमेडी कलाकार बन्नु परे पनि तयार छु भनेको थियो । हामी तीनजना सँगै काम गर्न पाए कस्तो हुन्छ होला भनेर सोधेको थियो । उसमा आफू मात्र नम्बर वान हुनुपर्छ भन्ने घमण्ड छैन ।”

पलले पनि अनमोल र प्रदिपसंग आँखा चिम्लिएर काम गर्न तयार रहेको बताए । हुन त प्रदिप र अनमोलले पनि यसअघि राम्रो स्क्रिप्ट भएको खण्डमा संगै फिल्म खेल्न कुनै आपत्ति नहुने बताउँदै आएका छन् । हुन त कुनै समय राजेश हमाल , बिराज भट्ट र निखिल उप्रेतीले त एकसाथ काम गरेका थिए भने के अनमोल, प्रदिप र पल एकसाथ आउन सम्भव छैन होला त ? हेरौँ यतिबेला सिनेमा इन्डष्ट्रीका यी तीन हस्तीलाई एकसाथ ल्याउने हिम्मत कसको होला ?

Must View