भारतविरुद्ध युद्ध, कारवाहीको लागि तयार रहन पाकिस्तानको निर्देशन
एजेन्सी- पाकिस्तानले भारतविरुद्ध युद्धको तयारी सुरु गरेको छ । समाचारमा जनाइए अनुसार । भारतको निरन्तर आरोपपछि सीमामा तैनाथ सैनिनकको लागि युद्धका सामान पठाउने तयारी भइरहेको बताइएको छ । अस्पतालहरुलाई पनि जुनसुकै बेला मेडिकल सपोर्टको लागि स्ट्याण्डबाइ रहन निर्देशन दिइएको छ ।
रिपोर्टमा दावी गरिएअनुसार इरानसँगको सीमा जोडिएको क्षेत्र बलोचिस्तान र भारतसँग सीमा जोडिएको पाकिस्तान नियन्त्रित कश्मिर ९पिओके०को स्थानीय प्रशासनलाई भारतको तर्फबाट युद्ध हुने स्थितिमा जुनसुकै कारवाहीको लागि तयार रहन निर्देशन दिइएको छ ।
भारतसँग युद्ध हुने स्थितिमा मेडिकल सपोर्ट तयार राख्न निर्देशन दिइएको छ । सुरुवाती उपचारपछि घाइते जवानहरुलाई बलोचिस्तानस्थित सिभिल अस्पताल पठाइनेछ । सिभिल अस्पतालमा बेडको संख्या २५ प्रतिशतसम्म बढाउन निर्देशन दिइएको छ ।त्यस्तै पाकस्तिान सरकारले गरिकलाई युद्धको स्थितिमा सुरक्षित बाटोबाट आवतजावत गर्न भनेको छ ।