LiveNews वीर अस्पतालको लिफ्ट चुँडिदा दुईको मृत्यु, एक गम्भीर घाइते
2.2K
काठमाडौं । वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँएर दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर छन् । महागनरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख डीएसपी टेकुनन्द इवा लिम्बुले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधी र २० वर्षीय भूमिकुमार चौधरी छन् ।
सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको चार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए । त्यसक्रममा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का व्यक्तिलाई हस्पिटल भर्ना गरिएको एक घण्टामा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।