नागरिक पोष्ट News


अस्ट्रेलियामा १००० नेपाली विद्यार्थीको भविष्य अन्योलमा, दोषी को ?

1.9K

अस्ट्रेलियाको सिड्नी, ब्रिसबेन र मेलबर्नमा सञ्चालित व्यवसायिक शिक्षालयमा नर्सिङ विषय अध्ययनरत झन्डै एक हजार नेपाली विद्यार्थी समस्यामा परेका छन् । विद्यार्थीहरूको समस्या समाधान गर्न क्यानबेरास्थित नेपाली दूतावास सक्रिय भएको छ  ।

सिड्नी र ब्रिसबेनमा भएको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजीको दर्ता आगामी महिनाको अन्तिम हप्ताबाट खारेज हुने निर्णय सरकारी निकायबाट भएपछि त्यहाँ अध्ययनरत  झन्डै एक हजार नेपाली विद्यार्थीको भबिष्य अन्धकार भएको थियो ।  उक्त शिक्षालयको नर्सिंगमा उच्च अध्ययन गर्ने अनुमति नपाउँदा नै विद्यार्थीहरुलाई तल्लो तहमा भर्ना गरिएको थियो ।

ठूलो कमिशनको लोभमा नेपालमा शैक्षिक परामर्शदाताले विद्यार्थीलाई उक्त सस्थामा पढ्न जान सिफारिस गरेका गुनासो विद्यार्थीहरुको छ ।  अन्य बिषयको शैक्षिक संस्था परिवर्तन सजिलो भएकाले समस्या नपर्ला तर, नर्सिङको भने निकै अफ्ठ्यारो भएकाले पनि समस्या बल्झिएको जानकारहरुको भनाइ छ  ।

अस्ट्रेलियाका बिभिन्न सामाजिक अगुवाहरुले पनि विद्यार्थीको समस्या हाल गर्न सबैलाई अनुरोध गरेका छन् । जानकारहरुका अनुसार  विद्यार्थीले ट्युसन सुरक्षण निकायबाट शुल्क फिर्ता पाउने सम्भावना अझै छ भने नर्सिङको उच्च शिक्षा पढ्ने अवसर पाउने नपाउने अन्योलपूर्ण छ ।

यता शैक्षिक परामर्शदाताहरुको सस्था एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिस अस्ट्रेलियाले एक बक्तब्य जारी गरेर आफ्नो संस्थाद्वारा अहिले दर्ता खारेजीमा परेको शैक्षिक संस्थामा सिफारिस गरिएका विद्यार्थी को संख्या न्युन रहेको र उनीहरुलाई बोलाएर आवश्यक परमर्श दिएको बताएको छ । समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न तयार रहेको भन्दै एक्सपोर्टका निर्देशक बद्रि अर्यालले बताए ।

Must View