नागरिक पोष्ट News


आज काठमाण्डौ आईपुग्दै नेपाल आइडलको टिम

1.9K

अन्तर्राष्ट्रिय टुरकै क्रममा अष्ट्रेलिया गएका नेपाल आइडल टप ६ को टोलि आज काठमाण्डौ फर्किने भएको छ । जापान पछी अष्ट्रेलियाका विभिन्न कार्यक्रममा सहभागिता जनाएका उनीहरुले कोरियाका बिभिन्न सहरमा भएका कार्यक्रममा पनि आफ्नो प्रस्तुति दिएका थिए । टुरमा नेपाल आइडल रवि ओड सहित बिक्रम बराल, सुमित पाठक, अश्मिता अधिकारी, अमित बराल र पवन गिरि रहेका छन् ।

यो पनि : भनिन्छ नि हिने बिरुवाको चिल्लो पात । त्यो उखान नेपाल आइडल रवि ओड़का भाइबहिनीमा पनि मेल खान जान्छ । यति मिठो गाउछन रवि ओडका भाइबहिनी । भन्छन दाइ जस्तै ठुलो गायक बन्न चाहन्छौं । जजहरुको निर्णय,आफ्नो आवाजको जादु र दर्शक श्रोताको माया साथ र सहयोगले नेपाल आइडलको उपाधि जित्न सफल भएका थिए । सानै देखि गीत गाउनमा निकै रुची भएका रविले आजसम्म कुनै औपचारिक रुपमा संगीत सिकेका छैनन् । नेपाल आइडलमा आइसकेपछि नै उनले धेरै कुरा सिकेको बताउदै आएका छन् । यतिबेला देश बिदेशमा भइरहेका विभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त रहेका रविको जिन्दगीले नया मोड लिएको छ ।

नेपाल आइडलमा तहल्का मच्चाउदै दोश्रो नेपाल आइडल बन्न सफल रवि मात्रै होइनन उनका भाइबहिनी पनि गीत गाउनमा माहिर छन् । उनीहरु पनि सानैदेखि आफ्नो दाइले जस्तै गीत गाउन निकै रहर गर्छन र उनीहरुलाई गीत गाउन मन पनि पर्छ । उनिहरुको पनि रवि दाइले जस्तै गीत गएर सबैको मन जित्न मन छ भने सबैको मन मुटुमा बस्न पनि मन छ । आफ्नो दाई नेपाल आइडलको स्टेजमा पुगेर सबै नेपालीको मन जित्न सफल भएकोमा उनीहरुमा पनि निकै छ । र दाइको सफलताबाट उनिहरु पनि केहि सिक्न चाहन्छन । उनकी बहिनिं प्रेरणा बिक निकै मिठो गीत गाउछिन ।

Must View