जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? त्यसोभए यसो गर्नुहोस् , तपाइको फुटेको ओठ च्याट्टै हुन्छ
अब जाडोको मौसम सुरु हुदै छ । यस जाडोको मौसमले बिभिन्न समस्या मध्य ओठ फुट्ने समस्या पनि हुने गर्छ ।यस बेलामा ओठको स्याहार हामिले गरिएन भने यसले धेरै समस्या निम्त्याउछ । ओठ फुटेमा दुखाइ हुनुका साथै अनुहारलाई पनि कुरुप बनाउछ । त्यस्तै आठ फुटेमा तातो कुरा खान पनि मिल्दैन । जसले पीडा दिन्छ ।त्यसैले ओठको विशेष हेरचाह गर्नुपर्छ ।यसबेला चिसोमा बाहिर निस्कँदा घिउ वा मह लगाएर हिँड्दा ओठ फुट्दैन ।
जाडोमा दैनिक बदाम र सुन्तलाको सेवन गर्दा पनि यसबाट बच्न सकिन्छ ।बाहिरी वातावरणमा जाँदा लिपगार्ड, लिपिस्टिक लगाउँदा पनि ओठ फुट्नबाट बच्न सकिन्छ ।त्यस्तै विभिन्न खाले घरेलु उपाय अपनाउँदा पनि ओठ फुट्ने समस्या देखिएमा छाला चिकित्सक कहाँ गएर जाच गराउनुपर्छ ।ओठ वेलावेलामा चुस्ने वा चाट्ने बानी गर्नुहुदैन । यसले ओठ नरम हुने भएकाले बाहिरको चिसो हावाले चाँडो असर पुर्याउँछ ।