नागरिक पोष्ट News


भारतीय सेनाको आह्वान– 'काश्मीर छोराहरुलाई आत्मसमर्पण गराउनुहोस्, नत्र सबै मारिन्छन्'

3.7K

काठमाडौं । भारत प्रशासित क्षेत्र जम्मू–काश्मीरको पुलवामा गएको ४६ जनाको ज्यान जाने गरी भएको घटनाका विषयमा भारतीय सेनाले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ। बिहीबार भएको ४६ जना जाने गरी भएको आतंकवादी आक्रमणमा क्रममा सिआरपिएफको गाडीलाई निशाना बनाइएको थियो । पत्रकार सम्मेलनमा लेफ्टिनेन्ट जनरल केजेएस ढिल्लनले काश्मीरका सबै आमासँग अपिल गरेका छन्, ‘आफ्ना भड्किएका सबै छोरालाई बोलाएर आत्मसमर्पण गर्न लगाउनु होस् नभए सबै मारिन्छन् ।’

ढिल्लनले भने, ‘म कश्मीरका आमाहरुसँग अपिल गर्छु कि आफ्ना सन्तानलाई आत्मसमर्पण गर्न लगाउनुहोस् । सन्तानको पालन पोषणमा आमाको भूमिका महत्वपूर्ण हुन्छ । आफ्ना छोरालाई सम्झाउनु होस्, फिर्ता बोलाउनु होस् अन्यथा मारिने छन् । जसले बन्दुक उठाउँछ उ मारिन्छ ।’

Must View