व्यथा लागेर सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार
1.7K
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । घरमै सुत्केरी व्यथाले च्यापेपनि सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सदरमुकाम दुनैबाट हेलिकप्टरमा उद्धार गरिएको हो । बुढालाई राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उपचारका लागि बाँकेको कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा अोलीले सरकारको नेतृत्व गरेपछि सुरू भएको यस कार्यक्रमबाट तीन दर्जनभन्दा बढी महिलाले समयमै उपचार पाएर ज्यान बचाउन सफल भएका छन ।