नागरिक पोष्ट News


जगदेखीनै गुणस्तरता ल्याउनुपर्छ भन्दै शिक्षा तालिम

5.6K

तिलाचन पाण्डे गुल्मी , फागुन ५ गते ।  पछिल्लो समयमा नीजि बिधालय र सामुदायिक बिधालयको गुणस्तरको बिषयमा चर्चा चलिरहेका बेला शिक्षा लाई जग देखीनै बलियो बनाउनुपर्छ भन्ने उदेश्यका साथ मदाने गाउँपालिकाले बालबिकास केन्द्र सहयोगी कार्यकर्ताहरुका लागि तालिममको आयोजना गरेको छ । मदाने गाउँपालिका भित्र रहेका ५० जना बालबिकास सहयोगीहरुका लागि जग देखिनै शिक्षाको गुणस्तरलाई मजबुत बनाउनुपर्छ भन्दै तालिमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दान बहादुर केशीले बताउनुभयो । केशीका अनुसार सामुदायीक बिधालयको गुणस्तरलाई मजबुत बनाउनका लागि बालबच्चाको पहिलो चरणबाट नै सिकाईमा प्रभाबकारीता ल्याउनका भन्दै बालबिकास केन्द्र सहयोगी कार्यकर्ताहरुलाई तालिम प्राप्त भएपछि मात्रै गुणस्तरता हुने भएकाले तालिमको ब्यबस्था गरिएको बताउनुभयो । अहिले पहिलो चरणमा बाल बिकास केन्द्रका सहयोगीहरुलाई शिक्षाको जग बलियो बनाउनका लागि ब्यबहारीक रुपमानै बालबच्चाको मनोबिज्ञानलाई बुझदै , रुची , क्षमता र ईच्छा अनुसारको शिक्षा दिनु पर्ने भएकाले तालिमको ब्यबस्था गरिएको र तालिमको सिकाई पच्चात सामुदायीक बिधालयको शिक्षामा गुणस्तरता बढने दाबी गर्नुहुन्छ प्रमुख प्रशासकीय अधिकृत शुरेस भण्डारी ।

बालबिकासका लागि कसरी पढाउने र उनीहरुलाई हास्दै , रमाउदै र खेलाउदै शिक्षा दिनका लागि बिभिन्न प्रयोगहरुको बारेमा सिकाईने प्रशिक्षक रिता अर्चायले बताउनुभयो । उहाँका अनुसार बालबिकास सहयोगी केन्द्रका कार्यकर्ताहरुले यसरी तालिम लिईसकेपश्चात बालबच्चाको जग देखीनै सिकाई उपल्बधीमा ध्यान जाने भन्दै तालिमममा सिकेका ज्ञानहरुलाई ब्यबहारमानै लागु गर्न आग्रह गर्नुभयो । अर्की प्रशिक्षक रिता घिमिरेलाई स सना बालबच्चालाई गित , संगित र प्रयोगात्मक तरिकाले सिकाईने भएकाले उनीहरुको दिमागमा सानै देखी शिक्षामा गुणस्तरता ल्याउने दाबी गर्नुभयो ।

यता बालबिकास केन्द्र सहयोगी कार्यकताहरुले भने यस्ता तालिमको पहिले नै ब्यबस्था गर्नु पर्ने भन्दै ढिलै भएपनि तालिमको ब्यबस्था गरेकाले अब बालबच्चाहरुलाई सिकाउनमा तालिमको महत्व रहेको भन्दै तालिममा सिकेका बिषयबस्तुहरुलाई ब्यबाहरमा नै लागु गर्ने बताएका छन् ।

 

Must View