आमाको कथा : १५ वर्ष देखी आखाँबाट रगत बगीरहेको छ, उपचार पाईनन् आमाले
2.8K
मोरङ- मोरङको लेटाङकी ९० बर्षे बृद्ध आमा धनमाया लिम्बूको जीवन दुःखदायी छ । अम्लिसो काट्ने क्रममा पातले आँखाको छेउमा काट्यो । त्यसपछि विरानगरमा उपचार गरियो ।केही समय निको भयो, त्यसपछि फेरि बल्झिएको छ ।
आफन्तको घरमा बस्दै आउनु भएकी धनमायाको हिँड्डुल गर्न सक्नुहुन्न । उहाँको आँखाको छेउमा रहेको घाउ फैलिरहेको छ । आमाको घाउको उपचारका लागि केही रकम जुटेको र उपचारका लागि लैजाने तयारी भइरहेको सामाजिक अभियान्ता पूर्ण वाइबाले जानकारी दिए । जेष्ठ नागरिक भक्ता भने आमाले पाउँदै आउनु भएको छ ।