नागरिक पोष्ट News


विश्वकै कान्छा प्रोफेसर, जो १४ वर्षको उमेरमा नै बेलायतको विश्वबिद्यालयमा पढाउँछन्

5.6K

याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन् । विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ ।

गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपमा समेत दिइएको छ । हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिंग प्रोफेसरको रुपमा छनोट गरेका एस्लेले विश्वविद्यालयमा गणित विषय बढाउनुका साथै आफैँ पनि डिग्री पढिरहेका छन् ।

१४ वर्षका किशोरको विलक्षण प्रतिभा देखेर याशालाई विश्वविद्यालयको भिजिटिंग प्रोफेसरको पद दिनका लागि लिचेस्टर विश्वविद्यालयको मानव संसाधन विकास विभागले लिचेस्टरको परिषदबाट विशेष अनुमति लिनु परेको थियो । जसका लागी विश्वविद्यालय समेत केही समय अप्ठ्यारोमा परेको थियो ।

Must View